राजनीति
जनजाति महासंघमा थारु समुदायबाट प्रेमीलाल चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिने
काठमाडौं- आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। उनले थारु समुदायको प्रतिनिधित्व गर्दै महासंघको महाधिवेशनमा उम्मेदवारी दिने भएका हुन्।
थारूवाननेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ । सोमबार सकिने महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्य समितिसमेत चयन गर्नेछ । महासंघको आठौं महाधिवेशन पनि चितवनमै भएको थियो ।
थारूवानथारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।
थारूवानमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिए ।
थारूवानथरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव थारुको उपचारको लागि सहयोगको अपिल गरिएको छ। काठमाडौंको न्यूरोडस्थित ट्रमा सेन्टरमा उपचाररत थारुका उपचारमा सहयोग गर्न परिवारका सदस्य, बर्दियाली थारु विकास मञ्च र थारु नगिक समाज कैलालीले सहयोगको अपिल गरेका हुन्। अपरेशनमा बढी खर्च लाग्ने देखिएपछि आर्थिक संकलन...
थारूवाननेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारू सांसदले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्। कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरूले गरेका छन्। थारू सांसदले आइतबार माओवादी संसदीय...
थारूवान
रेशम रन्जितालाई खुला पत्र