राजनीति
कैलाली-कञ्चनपुरका थारुले दिए चुनावविरुद्ध आन्दोलन गर्ने चेतावनी
स्थानीय चुनावको विरोध कैलाली-कञ्चनपुरका थारुले सशक्त आन्दोलन गर्ने चेतावदी दिएका छन्। एक प्रेस विज्ञप्ती जारी गर्दै सदियौंदेखि शासक वर्गबाट ठगिएको आमसमुदाय झन यथास्थितिमा चुनावमा सहभागी हुने नसक्ने उल्लेख गरेको छ।
थारूवाननेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितामा जोड दिएका छन् । यद्यपि भारतले चुनावको विरोध नगर्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा राजदुत रायले भने, ‘चुनावले प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ । त्यसैले नेपालमा हुन लागेको चुनावको विपक्षमा...
थारूवानथरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. सांसद गोपाल दहितले पूर्वी थरुहट र पश्चिम थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता नहुने बताएका छन्। पार्टीको दोस्रो उपत्यका अधिवेशनमा बोल्दै दहितले कैलाली कञ्चनपुरसहित चितनवसम्म एउटा र बारा, पर्सादेखि पूर्व झापासम्म अर्को थरुहट प्रदेश हुनुपर्ने माग राखे।
थारूवानसंविधान संशोधन विधेयकमाथि भएको छलफलमा थारु नेताहरुले खुलेर आवाज उठाएका छन्। उनीहरुले संविधान संशोधन बिना कुनै हालतमा निर्वाचन हुन नदिने बताएका थिए। त्यतिमात्र हैन संविधान संशोधनले थारुका माग सम्बोधन हुनुपर्ने तथा कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेशको ग्यारेन्टी गर्नुपर्ने माग पनि थारु सांसदले अगाडि सारेका छन्।
थारूवानकारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको रु ५५ लाख बजेटमा भवन बन्ने भएको छ। भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा आज भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन भएको छ। माओवादी केन्द्रका जिल्ला सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य दर्शन चौधरीको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र