राजनीति
प्रचण्ड नेतृत्व सरकारमा कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहितको ‘पोर्टफोलियो’मा सरकारमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्तिको तयारी गरेका हुन्।
थारूवानकिशोर चौधरी। फागुन २३ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा एमालेले मेची-महाकाली अभियानअन्तरगतको कार्यक्रम गर्दै थियो। कार्यक्रम चलिरहेको बेला मधेशी मोर्चाका कार्यकर्ता कार्यक्रम विथोल्न हरप्रयास गरिरहेका थिए। दिनभरिजसो नै मधेसी मोर्चाका कार्यकर्ताको प्रयास विफल पार्दै गयो सुरक्षाकर्मीले।
थारूवानमधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ। मोर्चाका नेताहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे मागपत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो। मागपत्र बुझाउन मोर्चाका नेता प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए।
थारूवानसंयुक्त थारु राष्ट्रिय मोर्चाले सप्तरी घटनाको विरोध गरेको छ। संयोजक श्रवन थारुले एक विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना एकल जाति, वर्गको संरक्षण, सम्बर्द्धनको लागि सिंगो सुरक्षा निकाय प्रयोग भएकोप्रति संयुक्त थारु राष्ट्रिय मोर्चाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।
थारूवानटीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान गरिएका थरुहट नेता लक्ष्मण थारू र लाहुराम चौधरी सप्तरी गोली काण्डको विरोध गर्दै जेलबाटै गर्जेका छन्। कैलाली कारागारमा रहेका उनीहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा एमालेको अहंकारी, अडम्बरीपन र प्रशासनको जंगलीपनको कारण सप्तरीमा सर्वसाधारण आन्दोलनकारी उप्पर गोली चलाइएको ठहर गरेका छन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र