राजनीति
थारु लोककला र परम्परागत सिपलाई प्रवर्द्धन गर्दै सांसद
थारु सीपलाई प्रवर्द्धन र महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ दाङको सिसहनियामा तालिम आयोजना भएको छ। सांसद गंगा थारुको संसदीय कोषबाट १२ दिने सिपमुलक तालिम आयोजना भएको हो।
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् । फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो।’
थारूवानप्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नल्याउने र प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। संसद्द्वारा बुधबार पारित राजनीतिक दलसम्बन्धी विधेयकमा ‘प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय...
थारूवानमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले वर्तमान राजनीति समस्या समाधानका लागि सरकारसित आफूले रोडम्याप मागेको बताए। ‘समस्या समाधानको एजेन्डा मागेको छु,’ उनले भने, ‘सरकारको तर्फबाट त्यो आएपछि मात्रै हाम्रो सहभागिता हुन्छ।’
थारूवानदाङ जिल्लाको देउखुरी उपत्यकास्थित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल सीमानाकाभन्दा ४० किलोमिटर टाढा निस्फिक्री बसेको भन्दै संसदमा चर्को आलोचना भएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी...
थारूवानजिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले ‘प्रदेश मधेस सरकार’को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले ‘प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।
थारूवानभगवती चौधरी आमा र परिवारको प्रेरणाका कारण म २०४८ सालदेखि नै सामाजिक काममा सक्रिय भए । एसएसलसी परीक्षा दिएपछि आफू जन्मेको गाउँ र समाजमा केही केही सुधार गर्नुपर्छ भन्ने लागिरह्यो । जसका कारण मलाई समाज रूपान्तरणको पक्षमा उभ्याएको हो । २०५१ साल जतिबेला तराईका धेरै महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक...
थारूवानसत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा ल्याउनेबारे छलफल अघि बढाएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउनसके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन्...
थारूवानसंयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले एसियाका आदिवासीहरुको मुद्दालाई सशक्तरुपले उठान गर्नुपर्ने बताएका छन्। एसिया इन्डिजिनियस पिपल्स प्याक्टको आयोजनामा थाइल्यान्डमा भएको बैठकमा उनले एसियन राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग गरेको सन्धि सम्झौता, विश्वब्यापी मानवअधिकार अध्यावधि समीक्षालाई न्युयोर्क र स्विट्जरल्यान्डमा आयोजना हुने सम्मेलनमा विशेष प्राथमिकता दिनुपर्ने बताए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र