राजनीति

चितनवको रत्‍ननगर र कालिका नगरमा विजय गच्छदार नेतृत्व पार्टीबाट उम्मेदवारी

चितवनको रत्ननगर र कालिका नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ। सो पार्टीबाट रत्ननगर नगरपालिकाको मेयरमा कृष्ण चौधरी र उपमेयरमा धन्जु महतोले उम्मेदवारी दिएका हुन्। रत्ननगरमा ठूला, साना र स्वतन्त्र गरी मेयरमा १२ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ।

थारूवान

थारु बाहुल्य रहेको चितवनको खैरहनी नगरपालिकामा मेयरमा ११ जना र उपमेयरमा ८ जनाको उम्मेदवारी दिएका छन्। कूल ३३ हजार मतदाता रहेको खैरहनी नगरपालिकामा थारु समुदायबाट नेपाली कांग्रेसका राजेन्द्र चौधरी, नेकपा एमालेका लालमणि चौधरी र नेपाल लोकतान्त्रिक फोरमबाट चुडामणि चौधरीले मेयरका लागि उम्मेदवारी दिएका छन्। खैरहनीमा यिनै तीन उम्मेदवारको बलियो सम्भावना...

थारूवान

संसदमा प्रतिनिधित्व गर्ने एकसिटे साना दलहरूले मोर्चा गठन गरेका छन् । सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) कि अध्यक्ष रुक्मिणी चौधरी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आर.के. खम्बुले ‘संघीय मोर्चा’ गठनको घोषणा गरेका हुन् ।

थारूवान

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च थरुहटबाट उम्मेदवारी दर्ता भएको छ। सो पार्टीबाट जीवनराम महतोले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। महतोसँगै भरतपुर महानगरमा १५ जना मेयर र १२ जना उपमेयरमा उम्मेदवारी दिएका छन्। जसअनुसार मेयरमा दुई जनाले...

थारूवान

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन्। दाहालले सोमबार साँझ यादव र गच्छदारलाई प्रधानमन्त्रीनिवास बालुवाटार बोलाई पछिल्लो राजनीतिक स्थितिबारे छलफल गरेका थिए। प्रधानमन्त्रीले यादव र गच्छदारसँग छुट्टाछुट्टै...

थारूवान

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनले थरुहट तराई पार्टी नेपालका गोपाल दहित, दलित जनजाति पार्टी नेपालकी यशोदा लामा र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र फोरम लोकतान्त्रिककै रामजनम चौधरी, सुबोधकुमार प्याकुरेल र जितेन्द्र देव यादवको समर्थनमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्। उनले...

थारूवान

व्यवस्थापिका–संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ ।

थारूवान

तत्कालीन सद्‍भावना पार्टीसँग पार्टी एकीकरण गरेको राजकुमार लेखीलाई नागरिक समाजवादी पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ। लेखीको निष्काशनसँगै पार्टीको संयोजक प्रवक्ता राज थारुले बनेका छन्। यद्यपि एकीकरण समारोहमा राज थारुले पनि सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतोसँग फूलमाला र टीका लगाएर एकीकरणको घोषणा गरेका थिए। सिराहाको लहानमा शनिबार बसेको बैठकले...

थारूवान

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो। नेपाली सेनाको परामाधिपति राष्ट्रपति हुन्।

थारूवान

सरकारले रुकुमका तत्कालीन ११ गाविसलाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय गरेको छ । साथै प्रदेश नम्बर ४ र ५ मा पर्ने नवलपरासीको भूभाग पनि छुट्टाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आमस्मिक बैठकले रुकुमको तत्कालीन सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ ।...

थारूवान
1 62 63 64 65 66 203