राजनीति

थारु नागरिक समाजको प्रश्न- ‘टीकापुरमा थारुको घरमा लुटपाट र आगजनी गर्ने खोइ पक्राउ परेको?’

टीकपुर घटनालाई लिएर अहिले भइरहेको टीकाटीप्पणीप्रति थारु नागरिक समाज कैलालीले ध्यानाकर्षण जनाएको छ। संयोजक दिलबहादुर चौधरीद्वारा जारी विज्ञप्तीमा टीकापुरमा प्रहरीको ज्यान जानु र मधेस आन्दोलनमा ६० जना निर्दोष नागरिकको ज्यान जानु दुःखद भएको उल्लेख छ।

थारूवान

दिपेन्द्र झा। अदालतमा विचाराधिन मुद्दामा के बोलुँजस्तो लागेर टीकापुर घटनाको मुद्दा फिर्ता सन्दर्भमा सरकारले गरेको निर्णयपश्चात्त मौन बसेको थिएँ। फेरि आफैंले मुद्दाको एक पक्ष भएर बहस गरेकोले पनि केही नबोलौं भनी चुप्पी साँधेको थिएँ। त्यसमा पनि गत हप्तामात्रै कैलाली कारागारमा रहेका घर जग्गा लिलाम हुन थालेका लाहुराम चौधरी, बीरबहादुर...

थारूवान

सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए। यसअघिको कार्यविधिलाई संशोधन गरी मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए। 

थारूवान

मुलुकमा स्थानीय निर्वाचन २० वर्षपछि आइतबार (आज) हुँदैछ । पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि...

थारूवान

सरकारले टीकापुर घटनामा क्षति भएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको भूमीसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जानकारी दिए।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा उनलाई शपथ गराइएको हो ।

थारूवान

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकबाट तीन राज्यमन्त्री थपिएका छन् । जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा कुमारी लामा राज्यमन्त्रीको रुपमा सरकारमा थपिएका छन् । चौधरीलाई स्थानीय विकास, सुमित्रालाई पर्यटन र यशोदालाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

थारूवान

लखन चौधरी/धनगढी। भूमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले आफ्नै कार्यकालमा मुक्त कमैया पुनःस्थापनाको सबै काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मुक्त कमैया पुनस्थापना समस्या पश्चिम नेपालको एक प्रमुख समस्या रहेको बताउँदै आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। मुक्त हलिया, मुक्तकमलरी, हरुवा, चरुवालगायत समस्या पनि समाधान गर्ने उनले...

थारूवान

नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उनले भने, ‘सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु।’ उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा...

थारूवान

स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन्। गच्छदारले स्थानीय विकास मन्त्रालय, भूमिसुधार मन्त्रालय र पर्यटन मन्त्रालय पाउने भएका छन्।

थारूवान
1 60 61 62 63 64 203