राजनीति

देउवा सरकारमा सहभागी नहुने राजपाको निर्णय

राष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ। बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो। प्रधानमन्त्री दाहालले बुधबार राजीनामा दिइसकेका छन् र अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ।

थारूवान

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको राजनीतिप्रति कुनै टिप्पणी नगर्ने बताएका छन् । नेपालको राजनीतिक आन्तरिक मामिला भएको भन्दै उनले यसमा आफू बोल्न नमिल्ने बताए । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजदूत पुरीले भने, ‘नेपालको राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिनँ ।’

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे । 

थारूवान

मधेसमा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयबारे राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद देखिएको छ । स्थानीय तहको संख्या आफूले मागेजति नबढे पनि दोस्रो चरणको चुनावमा भाग लिनुपर्ने एकथरी नेताको अडान छ भने अर्काथरी यो निर्णय कार्यान्वयनमा आशंका गर्दै आन्दोलनमा जानुपर्ने जिकिर गरिरहेका छन् ।

थारूवान

बर्दियाको विभिन्न क्षेत्रमा रहेका एमाले, कांग्रेस र माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका छन्। बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा उनीहरुलाई मीनराज चौधरीलगायत केन्द्रीय नेताहरुले पार्टी प्रवेश गराएका थिए।

थारूवान

सर्वोच्च अदालतले टीकापुरलगायतका घटनाका आरोपितको मुद्दा सरकारले फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सरकारले के कारणले मुद्दा फिर्ता लिने तयारी गरेको हो, कारण पेस गर्न सोमबार आदेश जारी गरेको हो।

थारूवान

सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ। सरकारले तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ।

थारूवान

लखन चौधरी/धनगढी। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एनपिस अवार्ड बिजेताद्वय कौशिला चौधरी र वसन्ती चौधरीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन्। मुक्त कमैया पुनःस्थापना, महिला हिंसा तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल दुबै जनाले नयाँ शक्ति नेपालको तर्फबाट कैलाली जिल्लाको फरक-फरक स्थानीय तहबाट उम्मेवारी दिएका छन्।

थारूवान

चितवनको खैरहनी नगरपालिकामा मेयर-उपमेयरसहित नेकपा एमालेले बहुमत वडामा आफ्नो बर्चश्व कायम गरेको छ। मेयरमा नेकपा एमालेका पूर्वसभासद लालमणी चौधरी १० हजार ७१७ मत मत प्राप्त गरी बिजयी भएका छन्। उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया १० हजार ७५१ मतका साथ बिजयी भएकी छन्।

थारूवान

उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिए । अहिले उपप्रमुखको कुर्सीमा पगे ।

थारूवान
1 59 60 61 62 63 203