राजनीति

गच्छदारको वडामा कांगेस र एमाले विजयी

इटहरी- नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारको गृह नगर सुनसरीको दुहवीका दुईवटा वडामा नेपाली कांग्रेस र एमालेका वडाअध्यक्ष विजयी भएका छन्। वडा नं. २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्जुनकमुार विश्ववास बिजयी भएका छन्। उनले २८३ मत ल्याएर बिजयी भएका हुन्। लोकतान्त्रिक फोरमका ललितकुमार चौधरीले २७० मत...

थारूवान

सुरुवाती चरणबाटै अग्रता कायम गरेको नेकपा एमालेले दाङका दुई उपमहानगरपालिकामा मतान्तर फराकिलो पार्दै लगेको छ। घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २ हजार ५४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका भुपवहादुर डाँगीको मत १ हजार १ सय ८६ छ।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार उनको पार्टीले अग्रता लिएको छ। यसअघि संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिइरहेका थिए।

थारूवान

स्थानीय तह दोस्रो चरणको निर्वाचन बुधबार सम्पन्न भएको छ। निर्वाचन थरुहट क्षेत्रसहित प्रदेश नम्बर १, ५ र ७ को ३३४ तहमा भएको थियो। बिहीबारको पछिल्लो मत परिणामअनुसार ३० वटा स्थानीय तहमा थारु समुदायका उम्मेदवारले अग्रता लिएका छन्। जसमध्ये १७ जना मेयर/प्रमुख छन् भने १७ जनै उपमेयर/उप्रमुख छन्।

थारूवान

टीकापुर नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार लौटन चौधरीले १०३० मत पाएका छन्। लोकतान्त्रिक फोरमले टीकापुरमा उपमेयर पदमा पनि अग्रता लिएको छ। उपमेयरका उम्मेदवार सुदेशनी चौधरीले ९८० मत प्राप्त गरेकी छन्।

थारूवान

दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएको निर्वाचन आयोग दाङले बताएको छ ।

थारूवान

टीकापुर नगरपालिकाको हालसम्म पाँच सय मत गणना सम्पन्न भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाल लोकतान्त्रिक फोरमले अग्रता सुरुवात गरेको छ।

थारूवान

टीकापुर नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार लौटन चौधरीले १०३० मत पाएका छन्। लोकतान्त्रिक फोरमले टीकापुरमा उपमेयर पदमा पनि अग्रता लिएको छ। उपमेयरका उम्मेदवार सुदेशनी चौधरीले ९८० मत प्राप्त गरेकी छन्।

थारूवान

उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले मुलुकले अब समृद्दि र विकासको फड्को मार्ने बताएका छन्। गच्छदारले दोस्रो चरणको स्थानीय निकायको चुनाव सकिएको र अब तेस्रो चरणको पूरा भएर प्रान्त तथा केन्द्रको चुनाव सकिएपछि राजनीतिक स्थायीत्व पनि हुने बताए।

थारूवान

कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमणको प्रयास भएको छ। तुलसीपुर १६ मा निधन भएका एक व्यक्तिको घरमा समवेदना दिनका लागि गएका सांसद चौधरीलाई त्यहाँ कुटपिटको प्रयास भएको थियो। सांसद चौधरीले आफू समवेदना प्रकट गर्नका लागि त्यहाँ गएको तर एमालेका स्थानीय कार्यकर्ताहरुले घेरा बन्दी गरेर आक्रमणको प्रयास गरेको बताए।

थारूवान
1 53 54 55 56 57 203