राजनीति

बाबुरामको नयाँ शक्ति संसदमा दर्ता, गंगा चौधरी संसदीय दलका नेता

बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता भएको छ । थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि नयाँ शक्ति संसदमा विधिवत् रूपमा प्रवेश गरेको हो।

थारूवान

नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज नयाँदिल्लीमा दुवै देशका अधिकारीले ती समझदारीपत्र...

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार जना थारु मन्त्री सहभागी हुने भएका छन्। नेपाली कांग्रसबाट दुई र नेपाल लोकतान्त्रिक फोरमबाट दुई गरी चार जना थारुहरु राज्यमन्त्रीको रुपमा सरकारमा सहभागी हुने भएका हुन्।

थारूवान

संसदमा सोमबार भएको संवसधान संशोधन विधेयकमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका थारु सांसदहरु विभाजित देखिए। ४८ मत नपुगेर विधेय फेल भएपनि नेकपा एमाले थारु सांसदहरुले संशोधन विधेयकको औचित्य नरहेको र विदेशीको इशारामा यो विधेयक ल्याइएको आरोप लगाइरहेका थिए। सत्तापक्ष माओवादी र नेपाल लोकतान्त्रिक फोरमले भने थारुहरुले यसैको लागि आन्दोलन गरेको...

थारूवान

नेकपा एमालेका सांसद वैजनाथ चौधरीले संशोधनको विषय अरु नै केही भएको बताएका छन्। संविधान संशोधन विधेयकको छलफलमा आइतबार संसदमा बोल्नै उनले यो संशोधन विधेयकको औचित्य नभएको बताए।

थारूवान

नयाँ शक्ति नेपालका सांसद गंगा चौधरीले आफू संविधान संशोधन विधेयकको विपक्षमा उभिने बताएकी छन्। संशोधन विधेयकमाथिको छलफलमा आइतिबार संसदमा बोल्दै उनले थारुहरुको माग पूरा नहुन्जेलसम्म र निर्दोष थारुहरुलाई रिहाई नगरेसम्म संशोधन विधेयकको पक्षमा उभिन नसक्ने स्पष्ट पारे।

थारूवान

नेपाल लोकतान्त्रिक फोरम नेपालका सांसद योगेन्द्र चौधरीले एमालेका सांसद भीम रावलले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संकीर्ण मानसिकताबाट आएको बताएका छन्। उनले बाढीपीडितका लागि सबैले सहयोग गर्नुपर्छ, सबै दलहरु एक ठाउँमा उभिनुपर्छ। तर यो प्रस्तावले संसद नै विभाजित भएको उनले आरोप लगाए।

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले नेपालका नेताहरुले पटक पटक गल्ती गरेपनि गल्ती गरेको पच्चताप कहिले नगर्ने आरोप लगाएकी छन्। संसदमा प्रस्तुत गरिएको संकल्प प्रस्तावबारे बोल्दै उनले नेताहरुले एकतर्फी रुपमा भारतलाई गाली गरेको तर आफ्नो गल्ती नहेरेको बताइन्।

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीन दलको बैठकले आगामी मंसिरभित्रै प्रदेश र केन्द्रीय ससंसदको निर्वाचन एकै मितिमा गर्नेमा निष्कर्ष निकालेको छ । निर्वाचन आयोगले एकैपटक निर्वाचन गर्न कानुनी र प्राविधिक जटिलता देखाइरहेका बेला प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्र एकैपटक प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्न...

थारूवान

सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो। मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो ।

थारूवान
1 46 47 48 49 50 203