राजनीति

कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई हराउँदै अमनलाल मोदी विजयी

मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् ।

थारूवान

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरीले अग्रता लिएका छन्। उनले १४२७६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका रामजनम चौधरीले भने ११८८३ मतसहित पछ्याइरहेका छन्।

थारूवान

बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको एमाले उम्मेदवार देवनारायण चौधरी १५४२७ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा राजपाका एकवाल मिया १५५७९ मत ल्याएका छन् भने तेस्रोमा कांग्रेसका लालबाबु सिंहले ९०२७ मत ल्याएका छन्।

थारूवान

नागेन्द्र चौधरी/बारा। बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी पछि परेका छन्। उनी एमाले उम्मेदवार अच्युत मैनालीसँग पछि परेका हुन्। मैनालीले १९८७७ मत ल्याएका छन् भने चौधरीले २०२२० मत ल्याएका छन्।

थारूवान

सप्तरी क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार तेजुलाल चौधरीले अग्रता लिएका छन्। उनले ११८१६ मत ल्याएर अग्रता लिएका छन्। उनलाई पछ्याउँदै राजपाका मृगेन्द्र कुमार सिंह यादवले ८८५४ मत ल्याएका छन्। त्यस्तै एमालेका मोहम्मद इस्लामले ७८८० मत ल्याएका छन्।

थारूवान

दाङको प्रदेशसभा क्षेत्र नमबर ३ (क)मा मुख्यमन्त्रीको रुपमा हेरिएको नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी माओवादीका जगप्रसाद शर्माभन्दा पछि परेका छन्। चौधरीले १४३२ मत ल्याएका छन् भने शर्माले १५०८ मत ल्याएका छन्।

थारूवान

नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ को कमा एमालेका वैजनाथ चौधरीले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणामअनुसार चौधरीले ३७२७ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी गुणनिधि तिवारीले भने ३१२२ मत पाएका छन्। वैजनाथ चौधरी प्रदेश नम्बर ५ को वैकल्पिक मुख्यमन्त्रीको उम्मेदवारको रुपमासमेत हेरिएको छ।

थारूवान

मोरङ ४ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी २३,२७८ मतका साथ अगाडि छन्। कांग्रेसका महेश आचार्य २०,३८४ मत ल्याएर दोस्रो स्थानमा छन् । 

थारूवान

दाङको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि एमालेका मेटमणी चौधरी १६१२ मतका साथ अग्रस्थानमा छन्। उनलाई कांग्रेसका सुशीला चौधरीले पछ्याउँदै छन्। सुशीलाले १२१८ मत ल्याएकी छन्। सुशीला चौधरी ह्याट्रिक गर्ने दाउँमा छन् भने मेटमणि चौधरी राष्ट्रियसभामा आफ्नो सहभागिता जनाउने दाउँमा छन्।

थारूवान

नेपाली कांग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उपप्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरिन्।

थारूवान
1 35 36 37 38 39 203