राजनीति

सप्तरी १(क)मा राजकुमार लेखीको अग्रता

सप्तरी क्षेत्र नम्बर १(क)मा राजपाका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लेखी ३८६१ मतले अगाडि छन्। उनलाई एमालेका सत्यनारायण मण्डलले ३१७१ मतसहित पछ्याइरहेका छन्।

थारूवान

बारा क्षेत्र नम्बर १(क)मा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद चौधरी विजयी भएका छन्। उनले १८ हजार ४४५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका पेमा सिद्धी लामाले १६ हजार ४८४ मत ल्याए।

थारूवान

प्रधानमन्त्री पत्‍नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका छन्। उनले २७ हजार २०२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आरजुले २२ हजार ३२२ मत पाए। 

थारूवान

प्रतिनिधि सभा सदस्यका लागि बर्दियाको क्षेत्र नं २ बाट बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सन्तकुमार थारु भारी मतान्तरले विजयी भएका छन्। निकट्म प्रतिद्वन्द्वी गोपाल दहितभन्दा १३ हजार ८२० मतले सन्तकुमार विजयी भएका हुन्। उनले ५० हजार ५५५ मत पाए भने दहितले ३६ हजार ७३५ मत प्राप्त गरे। १...

थारूवान

दाङ क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३७ हजार ९ सय ८ मत प्राप्त गर्दै विजय भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी शुसीला चौधरीले २४ हजार ७४ मत प्राप्त गरिन्।

थारूवान

टीकापुर घटनामा अभियुक्त भनिएका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणामअनुसार अग्रस्थानमा छन्। राजपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका उनले २८१३७ मतसहित अग्रस्थानमा छन्। एमालेका गरिमा शाह भने १०७७६ र कांग्रेसका ईश्वरी न्यौपानेले ८८७९ मत पाएकी छन्।

थारूवान

सिरहा क्षेत्र नम्बर १(क)मा एमालेका लगनलाल चौधरी विजयी भएका छन्। उनले ११५४२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष कुमार चौधरीले १०६९९ मत पाए।

थारूवान

रुपन्देही क्षेत्र नम्बर ३(ख)मा एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी विजयी भएका छन्। उनले ६७०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका हरिध्वज मल्लले ६२११ मत पाए।

थारूवान

प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणमअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी भएका हुन्।

थारूवान

बर्दिया क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सन्तकुमार थारुले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार ४७३३७ मतसहित चौधरीले अग्रता लिएका छन्। उनलाई कांग्रेसका गोपाल दहितले पछ्याइरहेका छन्। दहितले ३४७४९ मत प्राप्त गरेका छन्। 

थारूवान
1 33 34 35 36 37 203