राजनीति
रेशम चौधरीलाई प्रमाणपत्र दिन निर्वाचन कार्यालय अन्योलमा, टीकापुरमा सुरक्षा बढाइयो
कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।
थारूवानवारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।
थारूवानटीकापुर घटनामा अभियुक्त बनाइपछि दुई वर्षदेखि निर्वासित जीवन बिताइरहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ मा विजय नजिक पुगेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी २०१२२ मतसहित अग्रस्थानमा छन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले ७०८५ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले ४९८१ मत ल्याएकी छन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र