राजनीति

लगनलाल चौधरीले गराए २ प्रदेशका सांसदलाई शपथ

प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । प्रदेश मुकाम जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले शपथ ग्रहण गरेका हुन्।

थारूवान

भगतराम थारु/नेपालगन्ज थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा चहलपहल बढेको छ। थारु समुदायको महान पर्व अर्थात् थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो। माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन्। माघी...

थारूवान

प्रदेश नम्बर २ मा थारु प्रतिनिधिको माग गर्दै माओवादीका थारु नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा थारुहरु प्रतिनिधिहरु शून्य हुनेगरी पार्टीले प्रतिनिधि चयन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।

थारूवान

सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानीबारे खाका तयार पारेको छ। सहरी विकास मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद कार्यालयलाई सिफारिस गरेको खाकामा भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थापन लगायतका विषयलाई आधार मानिएको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरि प्रसाद पन्थीले बताए।

थारूवान

नेपाली कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फको ७२ जना सांसद् छनौट गरेको छ। जसमा थारु समुदायका ६ जना परेका छन्। मोरङबाट विद्यानन्द चौधरी, सुनसरीबाट नवोदिताकुमारी चौधरी र टेकचन्द्र विश्वास, पर्साबाट आशियादेवी थरूनी, रुपन्देहीबाट पुष्पा थरुनी, बर्दियाबाट भुवनेश्वर चौधरी र कञ्चनपुरबाट शयामलाल राना छन् ।

थारूवान

माओवादी, संघीय फोरम र राजपाले प्रदेशको समानपातिक सांसदको टुंगो लगाएको छ। माओवादीबाट दुई जना, संघीय फोरम र राजपाबाट एक एक जना थारु सांसद चुनिएका छन्। सबैजना थारु महिला छन्। 

थारूवान

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले लोकतन्त्रलाई अबको खतरा भनेको ‘ब्ल्याक मनी’ (अबैध पुँजी)बाट भएको टिप्पणी गरेका छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व पर्सा जिल्ला सभापति समेत रहेका उनी जिल्लाबाट ३ पटक सांसद बनिसकेका छन्।

थारूवान

नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

थारूवान

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा कांग्रेसका केही नेताहरुले अन्तर्घात गरेको खुलासा भएको छ। केन्द्रीय पार्टी कार्यालयमा परेको उजुरीअनुसार प्रतिनिधिसभाका उम्मेदवार गोपाल दहितलाई हराउनका लागि अन्तर्घात गरिएको बताइएको छ।

थारूवान

केन्द्र र प्रदेश सरकार गठनको तयारी भइरहेका बेला प्रदेश ७ को मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ । चुनाव अघिसम्म मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा रहेका एमाले नेता कर्णबहादुर थापा प्रदेशसभा सदस्यमै नआउने भएपछि मुख्यमन्त्रीका लागि नयाँ अनुहारले दाबी सुरु गरेका छन् ।

थारूवान
1 30 31 32 33 34 203