राजनीति
टीकापुर सम्मेलन : सत्तापक्ष थारु नेताको विरोध
टीकापुरमा हुने राष्ट्रिय सम्मेलनको सत्तापक्षीय थारु नेताहरुले विरोध गरेका छन्। तत्कालीन माओवादीको थारुवान राष्ट्रिय मुक्ति मोर्चा र तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक थारु संघले संयुक्त विज्ञप्ती जारी गर्दै सम्मेलनको विरोध गरेका हुन्।
थारूवानटीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ। संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्।
थारूवानमाननीय रेशम चौधरी चौधरी बचाउ अभियान लिएर टीकापुरका युवा राजधानी आएका छन्। उनीहरुले बुधबार माइतीघर मण्डलामा रेशम चौधरी बचाउ भन्दै ब्यानर लिएर धर्नामा बसेका थिए। ‘माननीय रेशम चौधरी निर्दोष छन्। त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’
थारूवान
रेशम रन्जितालाई खुला पत्र