राजनीति

टुँडिखेलमा माघी महोत्‍सव, गृहमन्त्री गच्छदराले उद्‍घाटन गर्ने

काठमाडौं- थारू कल्याण्कारिणी सभा उपत्यका समिति काठमाडौंले माघी महोत्सव आयोजना गर्दैछ। थारू संस्कृति भेषभूषा बाजागाजासाथ माघ १ गते महोत्सव टुँडिखेलमा गरिने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। आयोजकका अनुसार महोत्सवको उद्‍घाटन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले गर्नेछन्।

थारूवान

सन्तोष दहित, दाङ- थारु पत्रकार संघ दाङको नेत्तृत्वमा २१ वटा थारु संघ संगठनले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। थारुको महान् पर्व माघिको अवसरमा ५ दिन सम्म सार्वजनीक विदाको माग गर्दै दाङ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले थारुहरुको...

थारूवान

निर्मल घिमिरे, बर्दिया- मगरागाडी सोनपुर–५ की २१ वर्षीय सीता चौधरी मंसिर २९ गतेदेखि बेपक्ता भएकी छन्। तीन सातासम्म पनि छोरीको अत्तोपत्तो नलाग्दा परिवारका सदस्य चिन्तित भएका छन्। २९ गते बेलुका ७ बजेसम्म घरमै रहेकी उनी त्यही राति हराएकी बाबु कुकुरा थारूले बताए। ‘मंसिर २९ गते हराएकी छोरीको अवस्था थाहा...

थारूवान

नेपालगन्ज- माघेसंक्रान्ति आउन एक सातामात्रै बाँकी रहँदा तराईका थारू समुदायमा चहलपहल सुरु भएको छ। थारू जातिले यस पर्वलाई नयाँ वर्षको रूपमा लिने हुँदा तयारीमा जुटिसकेको हुन्। थारू जातिको बाहुल्यता रहेको बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुरमा यतिबेला माघेसंक्रान्तिको रौनकता प्रवेश गरिसकेको अवस्था छ। यी क्षेत्रमा छोरीचेली, आफन्त, साथीभाइलाई निम्तो, मासुको जोह गर्नेदेखि...

थारूवान

सन्तोष दहित, दाङ- माघी पर्व आउने करिब एक हप्ता समय रहदा पनि अहिले देखि नै थारु गाँउमा माघीको चहलपहल शुरु भएको छ। यति वेला थारु समुदायका मानिसहरु माघीको तयारीमा व्यस्त छन्। कोहि दाउरा र पातको लागि जंगलमा गएका छन् भने कोहि ढिक्री वनाउनको लागि पिठो पिसाउन मिलमा व्यस्तछन। त्यस्तै...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठनका लागि सहमति कायम गर्न फेरि पाँच दिनको म्याद थपेका छन्। नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई...

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य करिमा बेगमले बिहीबार पार्टी परित्याग गरेकी छन्।  सम्झना होटलमा पत्रकार सम्मेलन गरी बेगमले पार्टी परित्याग गरेकी हुन्। विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक छाडेकी उनले उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिन्। पत्रकार सम्मेलनमा बेगमसँगै फोरम अध्यक्ष यादव पनि थिए।

थारूवान

काठमाडौं- लुम्बिनी विकास कोषले लुम्बिनीको दीर्घकालीन गुरुयोजनाअनुरुपको ७५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सकिएको बताएको छ। कोषका उपाध्यक्ष कर्मासाम्बु शेर्पाले आज यहाँ पत्रकारसँग कुरा गर्दै भौतिक संरचना निर्माण सकिएपछि लुम्बिनीको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए। उनले लुम्बिनी भ्रमण वर्ष २०१२ मा लुम्बिनी आउने विदेशी पर्यटक सङ्ख्या तीन गुणाले वृद्धि...

थारूवान

कृष्णराज गौतम, काठमाडौं- अङ्गे्रजी पात्रोअनुसारको नयाँ वर्षलाई स्वागत गर्ने क्रममा राजधानीका विभिन्न स्थानमा विशेषगरी युवापुस्ताले विविध कार्यक्रम गरी खुसियाली मनाएका छन्। अङ्गे्रजी नयाँ वर्ष सन् २०१३ को स्वागतका लागि सहरीक्षेत्रमा विभिन्न उमेर समूहका युवावर्गले विविध साङ्गीतिक कार्यक्रमका साथै नाचगान तथा खानपिन गर्दै रमाइलो गरे।

थारूवान

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्‍नी सीतासहित आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछन्। पत्‍नी सीताको उपचारका लागि दाहाल थाइल्यान्ड जान लागेका हुन्। उनका स्वकीय सचिव शिव खकुरेलका अनुसार दाहालको २ बजेको फ्लाइट छ। थाइ एयरवेजबाट उनी त्यता लाग्दैछन्।

थारूवान