राजनीति

कीर्तिपुरमे थारू कवि जमघट

त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुर परिसरमे थारू कविता शृङ्खलाके चौथा कार्यक्रम बैशाख २१ गते हुइल। थारू नागरिक समाजके अगुवा दिलबहादुर चौधरीके बर्का पहुनाईमे हुइल कार्यक्रममे करीब एक दर्जन स्रष्टालोग रचना सुनैलाँ। कार्यक्रममे सुशिल चौधरी, कृष्णराज सर्वहारी, बालिका चौधरी, निशा चौधरी, सिताराम चौधरी, योगेश चौधरी, राकेश चौधरी टार्जन, प्रसादु थारू, दोषहरण...

थारूवान

विवादास्पद छबि बनाएका लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुने निश्चित भएको छ। संवैधानिक परिषद्को आज बसेको बैठकले कार्कीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी जेठीसासु कयोदेवी यमीलाई अध्यक्ष तथा पूर्व सचिव भानु आचार्यलाई महालेखा प्रमुखमा नियुक्त...

थारूवान

मदन चौधरी, काठमाडौं- कमलरी राखेर हत्या तथा यौनजन्य क्रियाकलाप गर्नेमाथि कारबाही माग गर्दै कमलरी प्रथा उन्मुलन संघर्ष समिति गठन गरेर पीडितहरु राजधानी आएका छन्। राज्यले कमलरी प्रथालाई अवैध भने पनि उचित ब्यवस्था गर्न नसक्दा यो प्रथा कायमै रहेको र त्यसबाट बालिका र युवतीहरु मारिने, बलात्कृत हुने क्रम नरोकिएको भन्दै...

थारूवान

सन्तोष दहित, दाङ- कमलरीमाथि शृङ्खलाबद्धरुपमा भइरहेको हत्या हिंसा, बलत्कार र आगजनीविरुद्ध दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरी अन्तिम लडाइँको तयारीमा जुटेका छन्। गाँउगाँउ टोलटोलमा अहिले मुक्त कमलरी आफैं त्यहाँ पुगेर गाँउका महिला दिदीबहिनीलाई भेला गरी अन्तिम लडाइँमा सहभागिको लागि अनुरोध गर्न थालेका छन्। पछिल्लो चरणमा आफ्ना सहकर्मी...

थारूवान

सन्तोष दहित, दाङ- घोराही नगरपालिका १ झंगवाका लालप्रसाद चौधरी काष्ठकलामा उत्कृष्ट भएका छन्। करिब एक दशकदेखि काठका विभिन्न मुर्तिहरु बनाउँदै आएका उनी काष्ठकलामा राष्ट्रिय पुरस्कार पाउन सफल भएका हुन्। वैशाख २ गते उनले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबाट नगद २० हजारसहित ताम्रपत्रको राष्ट्रिय पुरस्कार पाएका हुन्।

थारूवान

गौतमबुद्ध बज्राचार्य- मुलुकबाट कमैया प्रथा मुक्ति घोषणा भएको एक दशक बितिसक्दा पनि उनीहरूको जीवनशैलीमा खासै परिवर्तन आउननसकेको तथा विकासको मूलधारभन्दा बाहिर रहेकै कारणबाट पनि उनीहरू पहिचानविहीन अवस्थामा बाँच्न बाध्य भएका छन्। कमैयाले मालिकको शोषणबाट उन्मुक्ति पाए पनि सरकारले घोषणा गरेअनुसारको जग्गा नपाउनु र पाएको जग्गा पनि खोलाबगरको भई खेतीबाली...

थारूवान

काठमाडौं– दस वर्षदेखि हराइरहेका छोरा खोजिदिन लखनीदेबी थारूले सरकारलाई आग्रह गरेकी छन्। बिहीबार राजधानीमा पत्रकार सम्मलेन गर्दै ७० वर्षीया थारूले द्वन्द्वकालमा हराएका आफ्ना ४० वर्षीय छोरा विद्यानन्द चौधरीलाई खोजिदिन राज्यसमक्ष आग्रह गरेकी हुन्। दस वर्षअघि २०५९ सालमा सप्तरी हरिहरपुर–१ मटिगढाबाट बजार जान्छु भन्दै निस्केका छोरा अहिलेसम्म सम्पर्कमा आएको छैन।...

थारूवान

बुद्धसेन चौधरी- शिरुवा पर्व थारुहरुको लागी महान चॉड हो । यो पर्व थारु समुदायमा अति प्राचिन काल देखी चलिआएको विश्वास गरिन्छ । यस पर्वलाई मौसम परिवर्तन अर्थात गर्मीको सुरुवातको रुपमा पनि लिइन्छ । गर्मीबाट बच्नको लागी पानी को बढी भन्दा बढी प्रयोग हुने भएकोले र पानी ले सितलता प्रदान...

थारूवान

धनगढी- कैलालीको बेलादेवीपुर-८ मा शुक्रवार विहान बोक्सीको आरोपमा एक बृद्धालाई दिशा खुवाई, निवस्त्र पारी गुप्तागंमा लठ्ठी घुसाउने लगायत क्रुर ढंगले कुटपिट गरिएको छ। बोक्सीको आरोपमा अमानवीय ढंगले कुटपिट गरिएकी ६५ वर्षिय बृद्धा राजकुमारी रानाको अवस्था गम्भीर छ। धनगढी नगरपालिकासँगै जोडिएको बेलादेवीपुर-८ निवासी ६५ वर्षीया बृद्धा राजकुमारीलाई गाउँकै निरा राना,...

थारूवान

मुकेश टेंर्रा, धनगढी- फागु पूर्णिमाभन्दा पहिलेदेखि होली पर्व मनाउन थालेका रानाथारु समुदायमा त्यसको रौनक अझै उत्तिकै छ। फागु पूर्णिमाभन्दा पहिलेको औंसीदेखि होली वर्ष सुरु हुने रानाथारु समुदायमा पूर्णिमापछिको औंसीसम्म होली मनाउने चलन छ। पूर्णिमापछि मुर्दा होली मनाउन थालेका रानाथारु समुदायले घरघरमा ‘हट्कना’ (खुशीयाली/होली मिलन कार्यक्रम) आयोजना गरी ‘होरी’ को रौनक...

थारूवान