राजनीति

प्रधानमन्त्री र सभामुखलाई संघर्ष समितिको ज्ञापन पत्र

काठमाडौं– थारू समुदायले आफूलाई मधेसी सूचीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन्। थारूलाई मधेसी सूचीबाट हटाउन माग गर्दै बुधबार थारू संयुक्त संघर्ष समितिले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायको क्षेत्रमा काम गर्ने विभिन्न २० संस्था सम्मिलित समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो।

थारूवान

महेस चौधरी– झुट बोल्ने, चिटिङ गर्ने मधेसीहरूको पहिचान हो। एकदिन डाक्टर उपाधि धारण गरेका ‘मधेस का इतिहास’ लेखकलाई सोधे, ‘तपाईँहरूको ‘मधेस’ कहाँ छ भन्दा उनले सहज जवाफ दिए ‘अवध, मगध, विदेह, मिथिला, जनकपुर र सम्पूर्ण भारत वर्ष त हो। बुद्ध पनि त मधेसी थिए। उनका पुर्खा बनारसका ओक्काका हुन्।...

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकसँग एकीकरण प्रक्रिया थालेका छन्। यससँगै फोरम नेपाल, तमलोपा र सद्‍भावना पार्टी एकीकरण अन्योलमा परेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी र सद्‍भावना पार्टीबीच एकीकरण प्रक्रिया अघि बढिरहेको बेला फोरम नेपालले फोरम लोकतान्त्रिकसँग एकीकरण प्रयास थालेको हो। यसका लागि चार सदस्यीय कार्यदलसमेत...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) थारुहरुको छाता संगठन हो। थारु कल्याणकारिणी सभा देशकै जेठो संस्थासमेत मानिन्छ। यो संस्थाको कार्यसमिति तराईका २३ र काठमाडौं उपत्यका गरी २४ जिल्लामा गठन गरिएको छ। थारु कल्याणकारिणी सभा भने विधिवत रुपता वि.सं‌ २००५ सालमा स्थापना भएको हो। थारु समुदायमा रहेको विकृति, अन्धविश्वास र अशिक्षालाई हटाउनु...

थारूवान

काठमाडौं- सरकारले थारुलगायतका आदिवासी जनजातिलाई मधेसीमा सूचिकृत गरेको भन्दै थारु सम्बद्ध विभिन्न संघ-संस्थाहरु मिलेर ‘थारु संयुक्त संघर्ष समिति’ बनाएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा थारु संयुक्त संघर्ष समितिले तराईका थारुलगायत आदिवासी जनजाति र मुस्लिमलाई मधेसीमा सूचीकरण गरिएकोमा विरोध जनाउँदै आफ्नो हक अधिकार र पहिचानका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी...

थारूवान

काठमाडौं- राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले थारुलगायत आदिवासी जनजातिको पहिचानलाई मेटाउन खोजे सुशील कोइराला नेतृत्वको सरकालाई उखलेर फालिदिने चेतावनी दिएका छन्। ताजपुरिया समाज कल्याण परिषद्ले आयोजना गरेको ‘नयाँ वछरेर काद सिरुवा पवनी’को अवसर बोल्दै उनले थारुलाई मधेसीमा सूचीकरण गरेको भन्दै सो चेतावनी दिएका हुन्।

थारूवान

अर्जुन राजवंशी, उर्लाबारी- नयाँ वर्षको आरम्भसँगै राजवंशी समुदायको महान चाँड सिरुवा पर्व आजदेखि सुरु भएको छ। मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व विशेषरुपमा मनाउने गर्छन्। सिरुवा पर्वअन्तर्गत आज ‘पानी’ सिरुवा मनाइँदैछ। वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते पानी छ्यापा–छ्याप गरी ‘पानी’...

थारूवान

गोपाल दहित– नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले नेपाल सरकारका उच्चपदस्थ कर्मचारी मुख्यसचिव, सचिव सबैलाई कर्मचारीतन्त्र चुस्त, दुरुष्ट र जनसेवामुखी हुन पहिलो निर्देशन दिने गर्छन्। तर पुरानै नियती दोहरिन्छ, उही मन्त्री वा कर्मचारीले मन्त्री वा कर्मचारीलाई आफ्नो कुर्ची वरिपरि घुमाइरहन्छन् र त्यसको सिकार नेपाली जनता र सिंगो देश हुन पुग्छ। चुनावको...

थारूवान

काठमाडौं- आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमारी लेखीले छिट्टै तराईमा आगो बल्ने बताएका छन्। उनले आदिवासी जनजातिको मागलाई सरकारले बेवास्ता गरेको भन्दै तराईबाट आगोको झिल्को सल्किने चेतावनी दिएका हुन्। ‘सरकारले आदिवासी जनजातिको मागलाई बेवास्ता गरेको छ,’ राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘यही अवस्था रहे तराईमा अब आगो सल्किनेछ।’

थारूवान

दिल बहादुर चौधरी‍- तराई र मधेशको बारेमा धेरैले धेरै शव्द खर्चिसकेका छन् र खर्चिरहेका छन्। यो लेख पनि यही दुई शव्दसँग सम्बन्धित छ। कहिलेकाहीं लाग्छ, सबलले दुर्बलमाथि, धुर्तले सोझामाथि जहिले नि अन्याय र अत्याचारको उपहार टक्रयाइराख्ने प्रकृति प्रदत्त स्वाभाविक नियम र सामाजिक परम्परा हो कि! इतिहास भनेको जितुवाको दास र...

थारूवान