राजनीति

२० दिनपछि बर्दियाको ढुंग्रही गाउँ (फोटो ब्लग)

मदन चौधरी (बानियाभार/बर्दिया)– गत साता राहत वितरण गर्ने उद्देश्यका साथ बर्दियाका केही बाढी विस्थापित क्षेत्र अवलोकन गरियो। नेपालगञ्जबाट गुलरिया हुँदै बर्दियाको पदनाहा र बानियाभार गाविसका गाउँहरु अवलोकन गरियो। सदरमुकामबाट करिब २० किलोमिटर उत्तरमा अवस्थित पदनाहा र बानियाभार गाविस पुग्न बबई खोला तर्नुपर्ने रहेछ। भर्खरै बनेको झुलुङ्गे पुल साढे २९...

थारूवान

मुख्य दलहरु संघीयताको छलफलमा भिडेको बेला बेला राष्टिय नागरिक पार्टी (नेपाल)का अध्यक्ष राजकुमार लेखीले अब मधेसवादीहरुले तराइ नटेके हुन्छ भनी चेतावनी दिएका छन्। उनको भनाइ छ, ‘मधेसवादीहरुले कांग्रेस, एमाले र एमाओवादीसँग साँठगाठ गरेर तराइको गला रेटेका छन्। उनले अब टुलुटुलु हेरेर नबस्ने पनि बताएका छन्। उनको दावी छ, ‘देश...

थारूवान

राहत संकलन अभियानमा हालसम्म दुई लाख ८४ हजार ८३ रुपियाँ  संकलन भएको छ। थारु युवा सम्बद्ध संस्थाहरु र थारुवान डटकम, थारु कम्युनिटीको पहलमा सुरु भएको ‘राहत संकलन अभियान’मा विभिन्न संस्था र ब्यक्तिले नगद/जिन्सी सहयोग गरेका हुन्। जसअन्तर्गत् कल्याणी नामक संस्थाले एक लाख बराबरको सामान सहयो गरेको छ। त्यस्तै थारू एराउन्ड...

थारूवान

ठाकुरसिंह थारु- २०५९ कात्तिक ९ गतेको बिहान बाँकेको महादेवपुरी-५, ढकेरीकी चंखी चौधरीलाई नखाएको विष लाग्यो । छेमेकी कमल गिरीको घरपालुवा पशु मर्‍यो । चंखीलाई बोक्सीको आरोप लगाए र कुटपिट गरे । गाउँले पनि उल्टै गिरीतिरै लागे । पञ्च बसेर पनि उनलाई नै दोषी देखायो । गाउँ निकाला गर्न खोज्यो...

थारूवान

काठमाडौं- थारु युवाहरुले सञ्चलन गरेको ‘राहत संकलन अभियान’मा ‘कल्याणी’नामक संस्थाले एक लाख बराबरको सामान हस्तान्तरण गरेको छ। कल्याणीका आदिती शर्मा र नेहा मान्नधर र अलिसा श्रेष्ठले बिहीबार राहत संकलन अभियानका अभियानकर्ता मदन चौधरीलाई सामान हस्तान्तरण गरेका हुन्। कल्याणीले चाउचाउ, विस्कुट, कपडा, ब्लाङ्केट, जीवनजल, पानी शुद्धीकरण गर्ने पियुसको झोल, जुत्ता,...

थारूवान

संविधानसभा निर्वाचनको साढे नौ महिना पछि संसदीय समितिहरूले नेतृत्व पाएका छन् । सभामुख सुवासचन्द्र नेम्वाङले बुधबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनियताको सपथ गराए । दलीय भागवण्डा अनुसार कांग्रेस र एमालेले ४/४, प्रतिपक्ष एमाओवादीले २ (लेखामा पहिलेनै निर्वाचित), राप्रपा नेपाल, मधेशी दलहरू र साना दलबाट एक/एक सभापति चुनिएका...

थारूवान

राजकुमार लेखी- काम विशेषले प्रधानमन्त्री सुशिल कोइरालासँग भेट्न गइयो। प्रसंग थियो थारु कल्याणकारिणी सभाको असोजमा झापामा हुने महाधिवेशनका लागि निमन्त्रणा। उहाँले आफू चाँडै स्वस्थ हुने र असोजमा सजिलै महाधिवेशनमा आउने वचन दिनुभयो। यसो भन्दा उहाँमा पूर्ण आत्मविश्वाश झल्कन्थ्यो। कुराकानीका क्रममा उहाँले सडक आन्दोलन चर्काेसँग गर्न नहुने बताउनुभयो। खासगरि मलाइ इंगित...

थारूवान

दाङ- एकमहिना पुग्दै गरेकी नातिनीलाई दुई दिनदेखि आएको ज्वरो थामिएको छैन। अनुहार निन्याउरो बन्दै गएको छ। सुत्केरी बुहारी सम्झनालाई पनि सन्चो छैन। बाढीमा घरसँगै जायजेथा गुम्नुको पीडा छँदैछ। परिवारका अरु सदस्यलाई कहाँ राख्ने टुंगो लागेको छैन। एक साता भयो, उरहरी– ६, मोतीपुरका जागुराम चौधरी गल्लीबाट अलग बन्न सकेका छैनन्।...

थारूवान

बर्दिया- मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडित बिरामीको चाप छ। भाइरल ज्वरोलगायत संक्रमणले सताइएका ८ सयभन्दा बढीले औषधोपचार पाइसके तर विस्थापित शिविर (आश्रयस्थल) मा रहेका हजारौं हजारमध्ये धेरैको गुनासो छ– हामीले त सिटामोल पनि पाएनौं।

थारूवान

काठमाडौं- मधेशको राजनीतिमा सक्रिय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीको नाम फेर्ने प्रस्ताव बैठकमा आएको छ । थारु राजनीतिकबाट फोरम लोकतान्त्रिकमा छिरेका लक्ष्मण थारुले पार्टीको राजनीतिक समितिमा पार्टी नाम फेर्ने प्रस्ताव लगेका हुन् ।

थारूवान