राजनीति

थाकसको २१औं महाधिवेशन : अध्यक्षमा धनिराम र चन्द्रकुमारको चर्चा

सन्तोष दहित, दाङ, थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको दिन नजिकिँदै गर्दा नेतृत्वको लागि दुई जनाको नाम चर्चा परिचर्चा जिल्लादेखि राजधानीसम्म चलिरहेको छ। विशेषगरी थारु कल्याणकारिणी सभाको शाखा रहेको जिल्लादेखि इकाइ कमिटीसम्म यसपटकको नेतृत्व कसलाई दिने व्यापक छलफल र बहस भइरहेको छ। अहिलेसम्म रुपेन्देहीबासी तथा इन्जिनियर धनिराम चौधरी र वर्तमान अध्यक्ष...

थारूवान

काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा, भानुराम थारु नेतृत्व पहिचानमा आधारित संघीय गठबन्धन तथा राजन केसी नेतृत्व संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धन एकीकृत भई आन्दोलनको घोषणा गरेका छन्। तीन वटै गठबन्धन एकीकृत हुँदा मोर्चामा २५ दल पुगेका छन् भने यसको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन्।

थारूवान

काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमतिका सभापति बाबुराम भट्टराईले राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीका विषयमा नयाँ प्रस्ताव अघि सारेका छन्। दलहरूबीच सहमति जुटाउने समयसीमा एक दिन बाँकी रहँदा समितिको सोमबार भएको बैठकमा सभापति भट्टराईले प्रमुख विवादित विषयमा विकल्पसहित प्रस्ताव अघि सारेका हुन्।

थारूवान

मदन चौधरी, काठमाडौं- राज्य पुनःसंरचनामा थारु सभासद् र थारु अगुवाले फरक फरक धारणा राखेका छन्। थारु पत्रकार संघ, नेपालले आयोजना गरेको ‘नयाँ संविधानमा थारुको मुद्दा’ विषयक अन्तर्क्रियामा सहभागी थारु सभासद् र अगुवाहरुले तराईको राज्य पुनःसंरचनामा फरक फरक मत प्रस्तुत गरेका हुन्।

थारूवान

बर्दिया- बर्दियाको कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीमा निर्मित मुलुककै सबैभन्दा लामो पुलको भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले बुधबार उद्घाटन गरेका छन्।

थारूवान

सन्तोष दहित– दाङ- नेपाल थारु अगुवा तथा राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले तराईमा एक वा दुई प्रदेश बनाउनु भनेको थारु समुदायको छातीमा गोली ठोक्नुसरह भएको बताएका छन्। दाङको घोराहीमा थारु पत्रकार संघ र फोनिजद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो कुरा बताएका हुन्। उनले पहाडमा जति प्रदेश...

थारूवान

गोपाल दहित– संवैधानिक राजनैतिक संवाद तथा सहमतिको बैठकमा एक दिन एमालेका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भन्नुभयो ‘राजनैतिक समिकरण बदलिएको छ, केहीले विभिन्न मोर्चा बनाउने र कसैले नयाँ संविधान जलाउने धम्की दिए पनि एमाले रतिभर डग्मगाएको र बिचलित भएको छैन । हामीले अघि सारेका बिषयमा सहमति नभए...

थारूवान

  कमल चौधरी, विराटनगर- थारु अगुवा तथा राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले थारु तथा तराईका आदिवासी जनजाति समुदायहरु पहाडे ब्राम्हणवाद र पहाडे आदिवासी जनजाति दुवैखाले नेताहरुको चेपुवामा परेको बताएका छन्। उनले भने, ‘आदिवासी जनजातिको नाममा थारुको भाग पहाडी आदिवासी जनजातिले खान्छन्। तराईका नाममा थारुको भाग मधेसीले...

थारूवान

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु महिलाले महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी पर्व मनाएका हुन्। सूर्य (जीतमहान) को २४ घण्टे लामो ब्रतबसी थारुहरुले पतिको दीर्घायू, सन्तानको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै पर्व मनाउँछन्।

थारूवान

विनोद पाण्डे- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली खेलकुद प्रारम्भ गरिसकेको छ। दीपेन्द्र चौधरीको कथा भने बेग्लै छ।

थारूवान