राजनीति
राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश
मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि व्यवस्था नभएकाले ‘बाधा अड्काउ फुकाउ’का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ। केपी अाेली सरकारविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि मतदान हुनु केही घन्टा अगाडि बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
थारूवानसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुद्दा सम्बोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन गर्न नदिने घोषणा गरेका छन्। उनले संविधानमा मधेसीको अधिकार सुरक्षित गर्दै सीमाङ्कनको टुङ्गो नलगाएसम्म स्थानीय निकाय वा अन्य निर्वाचन कुनै पनि हालतमा गर्न नदिने दाबी गरे।
थारूवानविभिन्न क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ६ जना थारु अभियन्ताहरुलाई सम्मानित गरेको छ । हरेरी पुजाको अवसर पारी थाकस कैलालीले नयाँ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई स्वागत गर्दै अभियन्ताहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर समानित गरेको हो । थारु समुदायको...
थारूवानप्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो।
थारूवानसीएन थारु। थरुहट आन्दोलनको एक वर्ष पूरा हुँदैछ। यस अवधिमा थुप्रै कार्यनीति प्रयोग भइसके भने तीमध्ये टीकापुर प्रतिरोध उच्चतम प्रयोग पनि हुन पुग्यो। त्यसो त कार्यनीतिक आन्दोलन जति आकर्षक बन्यो अन्ततः परिणाम शून्य हुँदा कुनै महत्वको आन्दोलन होइन भन्ने पनि बुझाई छ। क्रान्तिकारी राष्ट्रवादी धारको अप्राकृतिक गठबन्धनयुक्त शासकवर्गको चाहना...
थारूवान
रेशम रन्जितालाई खुला पत्र