राजनीति
गच्छदारलाई सत्तामा जान रोक्ने प्रचण्ड होइन देउवा
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए ।
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी...
थारूवाननयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जाने भएका छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो।...
थारूवाननिर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावमा जस्तै प्रादेशिक निर्वाचनमा पनि १.५ प्रतिशत न्यूनतम मत प्रतिसत (थ्रेसहोल्ड) राख्ने प्रस्ताव गरेको छ । निर्वाचन आयोगले तयार पारेको नयाँ कानूनको मस्यौदामा प्रदेश निर्वाचनका लागि आयोगले थ्रेस होल्ड राख्ने प्रस्ताव गरेको हो । संघीयताको कार्यान्वयनसँगै हुने प्रादेशिक निर्वाचनमा मिश्रति प्रणाली अपनाउने संविधानले व्यवस्था गरेको छ ।
थारूवानकारी महतो/चितवन स्थानीय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन्। जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्ज गरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेश गर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन थालेका हुन्।
थारूवानसंघीय गठबन्धनसँग भएको ३ बुँदे सहमतिपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले माग सम्बोधन गर्नेमा पश्चिम तराईमा आन्दोलनरत थारू समुदायका अगुवा आशावादी देखिएका छन् । थारूवानको एजेन्डा उठाउने पार्टीको नेतृत्वमा सरकार बनेको र यसमा कांग्रेस पनि समावेश भएकाले माग सम्बोधन हुनेमा उनीहरू आशावादी भएका हुन् ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र