राजनीति

चुनाव जितेको एक वर्षपछि रेशम चौधरीले लिए सपथ

टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।

थारूवान

प्रदेश ५ को प्रदेश सभामा बर्दिया राष्ट्रिय निकुन्जले ओगटेको जनताको आवादी जग्गा जनतालाई नै फिर्ता गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने माग उठेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत बुधबारको वैठकमा विशेष समय लिएर बोल्दै बर्दिया २ (ख) का सांसद दीपेश थारुले यस्तो माग गरेका हुन् । निकुन्जको पश्चिम...

थारूवान

दाङमा हुन लागेको ५ नं. प्रदेशको प्रादेशिक महोत्सवको उद्घाटन ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्नु हुने भएको छ। थारू समुदायको ठूलो पर्व माघको अवसरमा थारू कल्याणकारीणी सभा दाङको आयोजना तथा विभिन्न संघसंस्थाको सहआयोजनामा यहि पुस २६ र २७ गते दाङको घोराहीमा प्रादेशिक महोत्सव हुँदै छ।

थारूवान

संसदमा आज पनि रेशम चौधरीलाई शपथ खुवाउनुपर्ने माग भएको छ। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले चुनावमा भारी मतले विजयी भएका रेशम चौधरीलाई शपथ खुवाउनपर्ने माग राखे। उनले नेपालमा कतिवटा संविधान रहेको भन्दै कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताए। ‘नेपालमा कतिवटा संविधान छ? एउटै संविधान हो भने त...

थारूवान

टीकापुर घटना मुद्दामा पुर्पक्षको लागि कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारु बिरामी परेका छन्। बिहीबार रातिबाट टाउको, कान र छाति दुख्ने समस्याले ग्रस्त भएका नेता थारुको स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले शुक्रबार अस्पताल लगिएको थियो।

थारूवान

राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेस्र्याए- ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु भो । हजारौं मान्छे शाहदत भए । सुरक्षा निकाय मारिए । कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’

थारूवान

नेपाली कांग्रेसको महासमिति बैठकमा विजयकुमार गच्छदार बोलिरहेका थिए। उनले कांग्रेसको इतिहास, आफूले कांग्रेस छाडेर जानु र फर्किनुको कारण, पार्टीको चुनावी हार र एकताको विषयमा बोल्दै थिए। गच्छदारले विगतमा पनि नेताहरुको एकताले जित सम्भव हुने गरेको बताए।

थारूवान

काठमाडौं- बर्जु नगरपालिका ५, सुनसरीका थारु लेखक फनि श्याम थारुको ५७ वर्षको उमेरमा मंसिर २५ गते बेलुकी ७ बजे आफ्नै निवास विराटनगरमा दुःखद निधन भएको छ ।

थारूवान

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालय भवन निर्माणका लागि प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले करिब पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको १० कट्ठा जग्गाको लालपूर्जा मंगलबार हस्तान्तरण गरेका छन्। पातो बजारस्थितको उक्त जग्गा दान गरी सोको लालपूर्जा डाक्नेश्वरी नगरपालिकामा आयोजित एक समारोहका बीच मेयर शिवनारायण साहलाई हस्तान्तरण गरेका हुन्।

थारूवान

लखन चौधरी/धनगढी। थरुहट/थारुवान पक्षधर नेताहरुले मंगलबारदेखि पुनः थरुहट आन्दोलन सुरु भएको उद्घोष गरेका छन्। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले पुनः थरुहट आन्दोलन सुरु भएको बताएका छन्। आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेका नेताहरुले सुरुवाती चरणमा आफ्नै पक्षधरका भगौडा नेताहरुलाई कारबाही गर्ने चेतावनी दिए।

थारूवान
1 10 11 12 13 14 203