देश

काभ्रेमा बस दुर्घटना, मर्नेको संख्या ३१ पुग्यो

काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। घाइतेलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको छ।

थारूवान

भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा झन्डोत्तोलन गरियो । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गरे। 

थारूवान

नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका पत्रकार किशोर चौधरी घाइते भएका छन्। विद्यार्थी माथि लाठ्ठी चार्ज गरेको भिडियो खिचेको भन्दै प्रहरीले क्यामेरासमेत फुटाइदिएका छन्। उनीसँगै काठमाडु टुडे अनलाइनका फोटो पत्रकार चन्द्रबहादुर आलेको...

थारूवान

थारु विद्यार्थी समाजले आयोजना गरेको बकतृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययणरत मणिराम थनेत प्रथम भएका छन्। ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलमा आयोजित प्रतियोगितामा ब्रिटिश कलेजका नन्द चौधरी दोस्रो, स्वयभ्मु इन्जिनियर कलेजका सतिश बखरिया तेस्रो र त्रिचन्द्र बहुमुखी क्याम्पका अशोकप्रसाद चौधरी चौथो भए।

थारूवान

बर्दियामा ट्वाइलेटको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बर्दिया धधवार गाविस ८ विजयनगरका ४१ वर्षीय गणेश थारु र सोही गाविसका ३९ वषिर्य चुकेन्दर थारुको मृत्यु भएको हो ।

थारूवान

घरमा सुतिरहेको अवस्थामा कचनापुर–५ मा एक महिला तीन किशोरबाट बलात्कृत भएकी छन्। पति विदेश रहेको र आठ वर्षीय छोरीसँग सुतिरहेकी २७ वर्षीया महिला स्थानीय तीन किशोरबाट बलात्कृत भएकी हुन्।

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले विभिन्न विधाका आदिवासी जननजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । फोनिजको १७ औँ स्थापना दिवस तथा २२ औँ आदिवासी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको विषयमा विशेष योगदान पु¥याएबापत छापातर्फ मीरा राजभण्डारी र अनलाइन मिडियातर्फ ‘इन्डिजिनियस मिडिया डटकम’का पत्रकार...

थारूवान

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो।

थारूवान

लखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ जाईमा कृषि पूजा तथा हरेरी महोत्सवको तयारी भैरहेको छ । ‘भाषा, संस्कृति, कला, भेष, भुषा हाम्रो पहिचान, हरेरी महोत्सव मनाउने सबै किसानहरुको अभियान’ भन्ने मुल नाराका साथ स्थानीय जाईबासीको आयोजनामा भदौ ३ गतेदेखि ५ गतेसम्म हुने हेरेरी महोत्सवको तयारी भैरहेको छ ।

थारूवान

संसारमा अनेक अमानवीय र असभ्य परम्परा छन् । किर्गिस्तानमा बलात्कार गरेर महिलालाई बिहेका निम्ति राजी गराउने परम्परा छ । सुन्दा अपत्यारिलो लागे पनि त्यहाँ यस्तो अभ्यास लामो समयदेखि चलिआएको छ ।

थारूवान