देश

अमेरिका जान डिभी चिट्ठा खुला

अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन आज मंगलबारदेखि खुल्नेछ। अमेरिकी दूतावासकाअनुसार आज साँझ ९:३० बजेदेखि डिभी आवेदन खुला हुनेछ।

थारूवान

मोरङको सुन्दरदुलारी-१० स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो । साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...

थारूवान

साझा यातायातले काठमाडौं-लुम्बिनी र काठमाडौं-वीरगञ्जका लागि पनि बस सेवाको घोषणा गरेको छ । पहाडी जिल्ला बाग्लुङ र गोरखामा बस सेवा सुरु गरेको दिनमै साझा तराई मधेस र्झन लागेको हो । वीरञ्जका लागि छुट्ने बस आगामी बुधबारदेखि सेवा थाल्ने छ भने बिहीबारदेखि लुम्बिनीसम्म पुग्ने बस सञ्चालनमा आउने छ । दुबै रुटमा...

थारूवान

हेटौँडाको पदमपोखरीस्थित चकरीमकरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौँडाबाट हाडीखोला तर्फ गइरहेको ना ४ ख ४३०७ नम्वरको यात्रुबस दुर्घटना परेको हो। मृत्यु हुनेमा एक महिला र दुई पुरुष भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत भने हुन सकेको छैन।

थारूवान

त्रिभुवन राजपथको भैँसेबाट पालुङतर्फ डिजेल लिई जाँदै गरेको ना२ख २८ ५२ नंको टयांकर स्थानीय महभिरमा आज बिहान करिब २ बजे अनियन्त्रित भई करिब ६०० मि तल खस्दा त्यसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला सिमरा–८ बस्ने २५ वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

थारूवान

खवास समाज परिषद केन्दीय कार्य समिति बिराटनगरले आज आफ्नो १९ औ बार्षिक साधारणसभा कोशी हरैचा नगरपलिका १४ मा सम्पन्न गरेको छ। प्रमुख अतिथि आदिबासी जनजाति माहासंघ मोरङका अध्यक्ष मिलन राईको आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता चनकलाल चौधरी खवासले गरेका थिए। कार्यक्रममा परिषदका केन्द्रीय महासचिव कुमार बिक्रम खवास ले प्रतिबेदन प्रस्तुत...

थारूवान

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

थारूवान

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। प्रतापुर-४ बेलाटारीमा लु४प ७७ ४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँिदा मोटरसाइकल चालक कुडिया गाविस निवासी सुनील चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

थारूवान

भारतीय सेनाले पाकिस्तानी सीमा रोखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ । बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका छन् ।

थारूवान

नेपाल टेलिकमले दसैं, तिहार तथा छठको अवसर पारेर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्तालाई विभिन्न छुट दिने घोषणा गरेको छ। टेलिकमले जीएसएम तथा सीडीएमएका पोष्टपेड तथा प्रिपेड मोबाइलमा निशुल्क भ्वाइस तथा एसएमएस उपलब्ध गराउने जनाएको छ।

थारूवान
1 87 88 89 90 91 202