देश

कोलम्बियाका राष्ट्रपतिलाई नोवल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसलाई प्रदान गरिएको छ। सान्तोसलाई कोलम्बियाको बिद्रोही दि रिभुलोस्नरी आर्म फोर्स अफ कोलम्बिया फार्कसँग गत महिना भएको शान्ति सम्झौतामा उल्लेख्य योगदान गर्दै देशमा जारी गृहयुद्ध अन्त्य गरेको भन्दै शान्ती पुरस्कार प्रदान गरिएको बताइएको छ।

थारूवान

अनादीकालदेखि नै बडादसैँका बेला भूतमेलाका लागि विख्यात महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला सुरु भएको छ ।

थारूवान

आफ्नै सहकर्मीको हत्या गरी जंगल नजिककैको स्थानमा गाडेको अवस्थामा नौवस्तामा एक युवकको शव फेला परेको छ। असोज १७ गते गाउँकोे विवाहमा भएको सामान्य विवादपछि नौवस्ता–७ सुतैयाका १७ वर्षीय सुवास शाहीको हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  

थारूवान

सन्तोष दहित/दाङ। मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा सुनिता चौधरी सर्वसमतिले निर्वाचित भएकी छन। बुधबार दाङको घोराहीमा भएको छैठौं साधारणसभा एवम् दोस्रो केन्द्रीय अधिवेशनबाट चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएकी हुन्। त्यस्तै उपाध्यक्षमा दिलकुमारी चौधरी (बाँके), सचिवमा सुजाता चौधरी (कैलाली), कोषाध्यक्षमा विष्णु चौधरी (दाङ) चयन भए। यस्तै सदस्यहरुमा निरु चौधरी,...

थारूवान

जङ्गलमा कमेरो माटो खन्ने क्रममा घाइते भएकी उदयपुर बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । जङ्गलको खानीमा कमेरो खन्न लाग्दा माथिबाट खसेको पहिरोले पुरेर घाइते भएपछि उपचारको लागि सुनसरीस्थित धरानको बिपी मेमोरियल अस्पतालमा उपचार गराउँदा हिजो उनको मृत्यु भएको थियो ।...

थारूवान

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ। गुगलले मंगलबार सान फ्रान्सिस्कोमा एक कार्यक्रम गरी आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा गुगलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो।

थारूवान

ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएकी छन्। चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकी हुन्।

थारूवान

भेट्टाएको ४० हजार रुपैयाँ लिनका लागि कसैले पनि सम्पर्क नगरेको एक उप–प्राध्यापकले बताएका छन् । शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेकपोस्टनजिकै पोलीथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पारेका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ । ‘हिजो (सोमबार)...

थारूवान

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

थारूवान

नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घर नजिकैको नदीमा नुहाउन गएका बालकको शव मृत अवस्थामा आज बबई नदीमा फेला परेको प्रहरीले जनाएको छ।

थारूवान
1 86 87 88 89 90 202