देश

३ सय ७ कमलरीको उद्दार भएन, २६ जनाको अवस्था अज्ञात

सन्तोष दहित/दाङ। मुक्त कमलरी र सरकारबीच भएको १० बुँदे कार्यान्वयनमा सरकारले हेलचक्राई गरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउनका लागि मुक्त कमलरीहरु सिंहदरबरमा डेलिगेशन जाने भएका छन्। बिहीबार मुक्त कमलरी विकास मञ्चको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो।

थारूवान

कृषि मन्त्री गौरीशंकर चौधरीले कृषिको विकास र प्रवद्र्धनका लागि कृषकहरुसँग सहकार्य र समन्वय गरेर कार्यक्रमहरु अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छ्न्। उनले दुःख गर्ने कृषकको आयस्तर बढ्न नसकेकोमा चिन्तासमेत व्यक्त गरे।

थारूवान

जिल्ला प्रहरी कार्यालय बाराले अवैधरुपमा सञ्चालन गर्दै आएका विभिन्न व्यक्तिहरुका घरबाट घरेलु मदिरा नष्ट गरेको छ।

थारूवान

गंगापरस्पुर ३ कटियान गाउँका ६५ वर्षीय जनकलाल चौधरीले मोहियानी हकका लागि भूमिसुधार कार्यालयमा तारेख बोक्न थालेको १२ वर्ष भइसक्यो तर अहिलेसम्म उनले हक पाएनन् । २ बिघा १७ कट्ठामा मोही रहेकोमा जग्गाधनी तयार नहुँदा जग्गा बाँडफाँड हुन सकेको छैन । उनले अझै न्याय पाउने आस मारेका छैनन् । ‘भूमिसुधार...

थारूवान

राजधानीमा बस्ने थारु युवाहरुले यसवर्ष पनि माघी महोत्सव मनाउने भएको छ। थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले १ सय १ सदस्यीय ‘माघी महोत्सव-२०७३ मूल आयोजक समिति’ गठन गरेको छ। जसमा २५ भन्दा बढी संघसंस्था आबद्ध छन्। बैठकले महोत्सव भब्यसभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति...

थारूवान

सुनसरीको झुम्कास्थित थारु कल्याणकारी सभा भवनमा एक कार्यक्रमबीच ४ जना थारु पत्रकारसहित एक जना थारु लेखक पनि सम्मानित भएका छन्। थारु पत्रकार संघले आयोजना गरेको कार्यक्रमको प्रमुख अथिति थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष रामराज चौधरी थिए।

थारूवान

कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताए। उक्त अवसरमा उनले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गरे। 

थारूवान

बर्दिया पताधार बगहीपुरका बेचनी चौधरी पाठेघरको क्यान्सबाट ग्रसित छिन्। उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन्। पैसा अभावमा उनको उपचारमा समस्या भएको भन्दै बर्दियाली थारु विकास मञ्च काठमाडौंले सहयोगको अभियान थालेको छ।

थारूवान

सी चराउन गएका बर्दियाको राजापुरका एक व्यक्ति कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन् । राजापुर नगरपालिका–११ अनन्तपुर का ५५ वर्षका भिकु थारु कैलालीको धनासिंहपुर–१ श्रीलंका भन्ने ठाउँ नजिकबाट कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

थारूवान

लक्ष्मण वियोगी। विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दसैँ माने आइलो मलिक्वा?

थारूवान
1 79 80 81 82 83 202