देश

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

अपहरणमा परेका तीन व्यक्तिलाई उद्धार गर्ने क्रममा स्वयम्भूमा गोली चलेको छ। प्रहरीले दुई दिनअघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो।

थारूवान

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका कारण परीक्षा पछि सारिएको बोर्डले जनाएको छ। वैशाख २४ गतेदेखि हुने भनिएको उक्त परीक्षा अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।

थारूवान

कमला चौधरी/काठमाडौं।   हेर्दा हट्टाकट्टा, मिजासिला स्वाभावका, सामान्य नै देखिने ५१ वर्षीय नोखईप्रसाद थारु मानसिक रुपले रोगी छन्। विगत पच्चिस वर्षदेखि उनलाई मानसिक रोगले सताएको हो। उनका बुबाआमा पुस्तौदेखि जमिनदारकोमा हलिया बसेका कारण सम्पत्ति जगेर्ना गर्न सकेनन्। गरिबी, त्यसैले पढ्न पाएनन्। उनका बाआमा जमिन्दारकोमा हलिया बसे त्यही काम गर्दैगर्दा जन्मेका...

थारूवान

सदरमुकामसँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएन यूएई )का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गरेका हुन्।

थारूवान

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

थारूवान

बाराको सिहोर्वा गाविसमा आश्चर्यजनक आगलागीको घटना भएको छ। सिहोर्वा-४ सेढवा गाउँमा शुक्रबार राति गाउँका विभिन्न घरमा राखिएको लताकपडामा आफैँ आगो लागेको बताइएको छ। शुक्रबार राति करिब ७ बजेदेखि सुरु भएको उक्त घटना शनिबार अपराहन्नसम्म ७ भन्दा बढीको घरमा देखा परेको स्थानीय कैलाश सहनीले बताए।

थारूवान

बाराको गढीमाई-५ बकुलियामा श्री राम जानकी मन्दिरको भेला सम्पन्न भएको छ। मन्दिरको संरक्षण समितिका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षतामा बसेको बैठकले मन्दिर संरक्षण समितिको नयाँ कार्यसमिति चयन गरेको छ। बैठकले रघुवीरप्रसाद थारुको अध्यक्षतामा ११ सदस्य समिति चयन गरेको छ।

थारूवान

थरुहट तराई पार्टी नेपालका जिल्ला सचिव महादेब रत्गैयाको नेतृत्वमा ११ सदस्य थारु साँस्कृतिक संग्रहालय तथा सूचना प्रतिष्ठान ब्यवस्थापन समिति गठन भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकले समिति गठन गरेको हो।

थारूवान

नेपाल पत्रकार महासंघ दाङ अध्यक्षमा सविन प्रियासन चौधरी विजयी भएका छन्। उनले १ सय ४९ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी दुर्गालाल केसीले ९१ मतमात्रै ल्याए। पत्रकार महासंघ दाङको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेस युनियन र प्रेस सेन्टरको साथ थियो। 

थारूवान

रोजगारीको सिलसिलामा मलेसियामा रहेका थारु यूवाहरुले टीकापुर घटनाका राजबन्दी परिवारहरुलाई आर्थिक सहयोग गरेका छन्। मलेसियास्थित प्रवासी थारु सेवा समाजमा आवद्ध थारु यूवाहरुले पीडित परिवारका बालबालिकाहरुको पठनपाठनको लागि आर्थिक सहयोग गरेका हुन्।

थारूवान
1 68 69 70 71 72 202