देश

राष्ट्रिय थारु संग्रहालयको गेट शिलान्यास

नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय थारु संग्रहालय अध्ययन केन्द्रको मुख्य गेटको बिहीबार शिलान्यास गरिएको छ। संग्रहालयका अध्यक्ष कुलचन्द्र महतो, थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतो, राष्ट्रिय थारु संग्रहालय संरक्षण अभियानका संयोजक नेत्र नारायण थनेत र राष्ट्रिय थारु संग्रहालयका संस्थापक अध्यक्ष तथा पूर्वसांसद मझिलाल थारु थनेतले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।

थारूवान

नवलपरासीको कावासोतीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। नमूना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

थारूवान

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम...

थारूवान

नागेन्द्र चौधरी/बारा। नेपाल पत्रकार महासंघ बारा शाखाले आफूहरुविरुद्ध भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ। शाखाका अध्यक्ष कमलकुमार उपाध्यायद्वारा मंगलबार जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउनेगरी संस्थाकै सदस्यहरुबाट समाचार लेख्ने र प्रकाशित गर्ने कार्यले पत्रकारहरुको व्यवसायिक मर्यादामाथि ठूलो धावा बोल्ने कार्य भएको...

थारूवान

थारु लेखक संघले आयोजना गर्ने थारु साहित्य मेलाको दोस्रो संस्करण कैलालीमा हुने भएको छ । चैत १९ र २० गते हुने मेलामा भाषाविद् पद्म राई र मदन पुरस्कार विजेता तथा ऐनाका लेखक रामलाल जोशी मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । भाषाविद् राईसँग थारु मानक भाषा र लेखक जोशीसँग गजल...

थारूवान

नागेन्द्र चौधरी/बारा। नेपाल पत्रकार महासंघ बारा शाखाको छैठौं जिल्ला अधिवेशन यही चैत १९ गते शनिबार हुने भएको छ । पत्रकार महासंघ बारा शाखाको आइतबार सम्पन्न भएको बैठकले अधिवेशन १९ गते गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष कमल कुमार उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको तयारीको सबै जिम्मेवारी पनि अध्यक्ष...

थारूवान

लखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ तारानगरका १६ वर्षीय तनमय चौधरीको एकपाछि अर्को वैज्ञानिक अविष्कारको कदम क्रमिकरुपमा थपिँदै गएको छ। धनगढीस्थित एक्सिस विद्याश्राममा कक्षा १० मा अध्ययनरत चौधरीको नयाँ नयाँ र अटो इन्जिनीयरिङ क्षेत्रमै नयाँ आयाम थप्न सकिने अविष्कारका यन्त्रहरु थपिदै गएका हुन्।

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी शाखाको दोस्रो अधिवेशनबाट धिरेन्द्र चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएका छन्। रामधुनी नगरपालिको क्षेत्रीय कृषि तालिम केन्द्र,झुम्कामा भएको अधिवेशनले १३ जना कार्यसमितिको गठन गर्दै दुई जना सदस्य मनोनीतसमेत गरेको छ। त्यस्तै उपाध्यक्षमा बिनय प्रधान, सचिवमा शिशिर राई, महिला सहसचिवमा सुप्रिया राई, पुरुष सहसचविमा निशान...

थारूवान

मोरङमा मोटरसाइकलको ठक्करबाट गएराति कोसी हरैचा– ४ बस्ने रामविलास चौधरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी– ६ मा गएराति १० बजे उनलाई को ५ प ८१३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

थारूवान

बर्दियाली थारु विकास मञ्च काठमाडौं नेपालको राजापुर बर्दियामा शाखा बिस्तार भएको छ। राजापुरमा भएको पहिलो भेलाले रमेश चौधरीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।

थारूवान
1 66 67 68 69 70 202