देश

चिरै भजहरको तयारी पूरा, २१ गते भब्य मनाइँदै

प्रेम दहित/धनगढी। थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने तयारीमा जुटेका छन। सखी सञ्जाल कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारु समुदायमा महिला स्तन्त्रताको दिनको रुपमा लिँदै यो पर्व मनाउन लागेको जनाएको छ।

थारूवान

चैत १९ र २० गते धनगढीमा थारू साहित्यिक मेला हुँदैछ। थारू साहित्यकार कृष्णराज सर्वहारी मेलाका मूल संयोजक हुन्। उनीसँग गरिएको संवादः

थारूवान

थारु समुदायका महिलाहरुले मनाउँदै आएको चिरै भजहर, गुरही, अस्टिम्की र अट्वारीलाई प्रवर्द्धन गर्दै आएको सखी सञ्जालले थारु भाषालाई कामकाजी भाषा बनाउन सुरु गरेको छ। सो सञ्जालले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई थारु भाषामै ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको छ। सञ्जालकी अध्यक्ष इन्दु थारु नेतृत्वको टोलीले नारी स्वतन्त्रको प्रतीकको...

थारूवान

सन्तोष दहित/दाङ। थारु भाषा, साहित्यिको पहिलो पत्रिकाको जन्मदाता एवं भाषाको योद्धा लालबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। २०२८ सालमा प्रकाशन सुरु भएको थारु भाषाको गोचाली पत्रिकाका सम्पादक मण्डलका सदस्यसमेत रहेका चौधरी लामो समयदेखि प्रेसरको बिरामी थिए। गत हप्ता दायाँ हात, खुट्टा एक्कासी नचलेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ।

थारूवान

स्थानीयलाई थाहै नदिई नियम विपरित जैतापुरमा रहेको मनहर्वा स्वास्थ्य चौकीको कार्यालय सखुईमा सारिएपछि जैतापुर आसपासका स्थानीय आक्रोसित बनेका छन् । आक्रोसित स्थानीयले स्वास्थ्य संस्था सार्न नहुने र सारिएको कार्यालय पुरानै स्थानमा फिर्ता गरि संचालनको माग गरेका छन् । मनहर्वाका स्वास्थ्य चौकी इन्चार्ज रामएकवालप्रसाद यादवले मनोमानी ढंगबाट कार्यालय सार्ने प्रयास...

थारूवान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

थारूवान

मुना चौधरी। संसारमा जन्मिनु दु:ख हो । यो संसार नै एउटा दु:खको सागर हो । संसारमा भएका दु:खहरू तिमीलाई कम लाग्यो र! तिमीले अर्को दु:ख प्रेममा डुबुल्कि मार्न खोज्यौ ? प्रेम शरीरबाट होस् कि आत्माबाट प्रेम जहाँ जुन रूपले भए पनि आत्मा दुख्नुका साथै हाम्रा इन्द्रीयहरूले दु:ख पाउँछन् ।

थारूवान

प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते (अप्रिल १४) हुने भएको छ। दुबईको जेबल पार्कमा हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। दुबईमा रहेका थारुहरुको साझा संस्था बनेको प्रवासी थारु समाजले विभिन्न समाजिक काम पनि गर्दै आएको छ। यो संस्थाले थारुहरुको नयाँ वर्ष माघी पनि प्रवासमै मनाउँदै आएको छ।...

थारूवान

लखन चौधरी/धनगढी। आफ्नै गाउँमा राष्ट्रिय स्तरको कार्यक्रम हुने भएपछि धनगढी उपमहानगरपालिका–७ पटेलावासी उत्साहित भएका छन्। उपमहानगर क्षेत्रभित्रै विकासको दृष्टिकोणले निकै पछाडि परेका पटेलाबासी आफ्नै ठाउँमा राष्ट्रिय थारु साहित्यिक मेला हुने भएपछि उत्साहित भएका हुन्।

थारूवान

लखन चौधरी/धनगढी। थारु समुदायको महिलाहरुले मनाउँदै आइएको चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गरिएको छ। नारी स्वतन्त्रको प्रतीकको रुपमा लिने चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गर्दै थारु महिलाहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको ध्यानाकर्षण गराएका छन्। संखी सञ्जाल कैलालीले प्रमुख जिल्ला अधिकारी रिजाललाई मागपत्र बुझाउँदै स्थानीय विदाको माग गरेको...

थारूवान
1 65 66 67 68 69 202