देश

वाणगङ्गाका मेयर उम्मेदवार मङ्गलप्रसाद थारुको घरअगाडि बम फेला

नेपाली कांग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज बम फेला परेको छ। बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए। बमलाई नेपाली सेनाको टोलीले निष्क्रय गरेको छ।

थारूवान

नवलपरासीको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्‍यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा चालकसहित ७ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई लुम्बिनी अञ्चल अस्पताल लगिएको प्रहरीले बताएको छ ।

थारूवान

राजापुर नगरपालिका ४, संघर्षनगरकी कृष्णीकुमारी थारू पूर्वकमलरी हुन् । उनी ६ वर्षकै उमेरमा कमलरी बसेकी थिइन् । कमलरी छँदै १६ वर्षमा बिहे भयो, कमैया परिवारमै । पति कृष्ण थारू कमैया बसेकै घरमा उनी पनि कमलरी बसिन् । सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेपछि दिन फेरियो । पेट पाल्नैका...

थारूवान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुका तीन नगरपालिकामा थारू मतदातालाई रिझाउने होड चलेको छ । निर्णायक हुने देखिएपछि उनीहरूलाई मनाउन उम्मेदवार लागेका छन् । दलले उनीहरू सामु आफ्ना योजना र रणनीति सुनाउने गरेका छन् । जिल्लाको उत्तरी भेगका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा थारू समुदायको उल्लेख्य बसोबास छ ।

थारूवान

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

थारूवान

नागेन्द्र चौधरी/बारा नेकपा एमाले जिल्ला कमिटीले स्थानीय निर्वाचनका लागि बारा जिल्लाका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका वडाहरुमा अध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो लगाएको छ।

थारूवान

उन्नति चौधरी/धनगढी। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले २ सय ८७ जना बिरामीलाई सिकलसेल प्रभावितको सिफारिस दिएको बताइएको छ। विश्व सिकलसेल दिवसको अवसरमा सोमबार धनगढीमा सिकलसेल नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरक्षक कैलाश चौधरीले सो तथ्यांक सार्वजनिक गरेका हुन्।

थारूवान

कपिलवस्तुको वाणगंगा नगरपालिकाको गजेहडामा अज्ञात समूहले एक शक्तिशाली बम विस्फोट गराएको छ। वाणगंगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय देखि डेढसय मिटर पर गजेहडा चोकमा दिउसो साढे १ बजे बम विस्फोट भएको थियो।

थारूवान

साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनको बुबा टीकाराम चौधरीको ६४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो। २०१० कात्तिक १२ गते हालको लमही नपा–४, छुटकी घुम्ना, देउखुरीमा जन्मनु भएको उनलाई मुटु र दमको समस्या थियो।

थारूवान

चुनावलाई सक्रिय बहिस्कारको गरेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले आइतवारको उम्मेदवारी मनोनयन विथोल्ने उदेश्यले गरको बन्दका क्रममा बिभिन्नबाट पक्राउ परेका छन्। राजपा आफैँले आइतवार बिज्ञप्ति जारी गरी विभिन्न जिल्लाहरुबाट ४ सय ५८ जना पक्राउ गरिएको जनाएको छ।

थारूवान
1 57 58 59 60 61 202