देश

नेपाल टेलिकमको एसएमएस सेवा नि:शुल्क

नेपाल टेलिकमले आइतबारदेखि एसएमएस सेवा निःशुल्क उपलब्ध गराएको छ। केही दिनदेखिको वर्षाले उत्पन्न असहज परिस्थितिमा राहत तथा उद्धारको कार्यलाई सघाउ पुगोस् भनेर उक्त सेवा नि:शुल्क दिएको सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

थारूवान

बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर र राजेन्द्रको नदीबाट दाउरा निकाल्ने क्रममा मृत्यु भएको हो ।

थारूवान

राजधानीबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। चम्पन साँस्कृतिक समूहको आयोजनामा कीर्तिपुरस्थित टियुको हलमा अष्टिम्की मनाउने भएका हुन्। भाषा, कला संस्कृतिको विकास संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले पर्व मनाउन लागेको समूहका अध्यक्ष नन्दुराज चौधरीले जानकारी दिए।

थारूवान

पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोक स्थित बन्सी टोलमा कयर खोला पसेको छ । साँझ ७ बजेपछि पसेको खोलाका कारण स्थानीय करिव ४० घर डुबानमा परेका छन् ।

थारूवान

शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन-तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी ३० जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ ।

थारूवान

अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ ।...

थारूवान

थारु पत्रकार संघ बाँकेले नेपालगन्जमा भिनसरिया तथा थारु जनप्रतिनिधिलाई बधाई कार्यक्रम गरेको छ। तिजको अवसरमा दर खाने कार्यक्रम गरेजस्तै थारु समुदायले धुमधाम र फरक तरिकाले मनाउने कृष्ण जन्माष्टमी र अट्वारी पर्वको अवसरमा संघले भिनसरिया कार्यक्रमको आयोजना गरेको हो।

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल आदिवासी जनजाति महासंघद्धारा २३औँ विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले भने, ‘नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो...

थारूवान

मानबहादुर चौधरी/बर्दिया। २३औं विश्व आदिवासी दिवशको अवसरमा साउन २५ गते गुलरियामा भएको छलफल कार्यक्रममा सहभागीहरुले थारु समुदायका अगुवाहरु अति जान्ने मान्ने र केही एजेण्डा बिहिन भएर एताउटा बरालिएको अवस्था रहेको बताएका छन्। ‘आदिवासीको रुपमा चिनिने थारुहरु समय अनुसार अघि गइरहेको छौं कि पछि गइरहेका छौंं’ भन्नेबारे समिक्षा गर्नुपर्न पर्नेमा...

थारूवान

कैलालीको धनगगढी उपमहानगरपालिका–१९ फुलबारी आई गाउँका पाँच नेपालीलाई भारतीय वन रक्षकले नेपाल–भारत दशगजाबाट पक्राउ गरी नेपाली ६ लाख ४० हजार रकम असुलेको खुलासा भएको छ । गत शनिवार नेपाल–भारत दशगजा क्षेत्रमा पर्ने मोहनानदीमा बगेको दाउरा निकाल्दै गर्दा फूलबारी आई गाउँका धनिराम चौधरी, महेन्द्र चौधरी, सोभराम चौधरी, खडक चौधरी र...

थारूवान
1 49 50 51 52 53 202