देश

सिकलसेल रोगबारे सचेतनाका लागि सांस्कृतिक कार्यक्रम

विमला चौधरी/नेपालगञ्ज। बाँकेको कोहलपुरस्थित रझेनामा सिकलसेल एनेमियाबारे सचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको छ। थारु संस्कृति संरक्षण, प्रवर्द्धनसँगै सिकलसेल एनेमियाबारे चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कोहलपुर उपमहानगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेय सन्जुकुमारी थारु, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले...

थारूवान

नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ । प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो ।

थारूवान

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते।

थारूवान

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।

थारूवान

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ईश्वरी पाठकले बताए ।

थारूवान

कारी महतो/चितवन। सामान्य ढाड दुखेको भनेर भरतपुर स्थित नारायणी सामुदायिक हस्पिटलमा भर्ना भएका विरामीलाई इन्जेक्सन दिए लगत्तै मृत्यु भएको छ। मृत्यु हुने विरामी भरतपुर महानगरपालिका वडा नं. २६, सिसईका अन्दाजी ५० वर्षीय लक्ष्मण चौधरी हुन्।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले विभाजन गरेको क्षेत्रप्रति पूर्वी चितवनका चारवटै क्षेत्रीय समितिले असहमति जाहेर गरेको छ । थाकस चितवन जिल्ला कार्यसमितिले क्षेत्र विभाजन गरी भरतपुर महानगरपालिकालाई पाँच वटा क्षेत्रमा तथा अन्य नगरपालिकाहरुलाई एकएक क्षेत्रमा विभाजन गर्ने निर्णयप्रति पूर्व चितवनका खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र...

थारूवान

गणेश राई/कान्तिपुर। मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालयता निरन्तर सञ्चालित ‘चेपाङ विकास कार्यक्रम’ समेत स्थानीय तहमा समायोजन भएको...

थारूवान

कारी महतो/चितवन। असोज १ गतेका दिन गोलाघाटमा पौडी खेल्न गएका एक युवक नदीमा डुबेर हराएका छन् । भरतपुर महानगरपालिका वडा नं. २७, मेघौलीका २८ वर्षीय प्रकाश महतो हराएका हुन् । स्थानीयहरुले निकै दिन खोजी गरे तर हालसम्म पनि भेटाउन सकेका छैनन् । नदीको पानी धमिलो भएको कारणले खोजी कार्यमा...

थारूवान

दिप्तीशिखा चौधरी। नेपालीको महान चाड दशैं सबैको घरघरमा भित्रिसकेको छ । सबै जातजातिले यो पर्वलाई १५ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् । यस लामो चाडलाई थारु जातिले भने “डश्या” भनी आफ्नै परम्पराअनुसार मनाउने गर्छन् । डश्या अर्थात् बडा दशैँ आगमन हुनुपुर्व थारु महिलाहरु घर लिपपोत गरी सफा पारेका हुन्छन्...

थारूवान
1 39 40 41 42 43 202