देश

थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित

थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।

थारूवान

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।

थारूवान

थारुहरुलाई राज्यका प्रत्येक निकायहरुमा समावेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । नेपालको संविधान धारा ४२ मा उल्लेख गरिएको ‘अन्य समुदाय र वर्गलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा समेट्नुपर्ने’ सिद्धान्तका आधारमा सर्वोच्चले थारु जातीका लागि पनि आरक्षणको ब्यबस्था गर्नुपर्ने आदेश दिएको हो ।

थारूवान

कारी महतो/चितवन। थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई...

थारूवान

सुनिल चौधरी/सुनसरी। थाारु महिला उत्थान समाज रामधुनीले कला संस्कृतिको संरक्षणमात्र हैन समाजमा रहेका लक्षित बर्गलाई सम्मान तथा सहयोग गर्दै आएको छ । उनीहरुलाई केहिमात्र सहयोगले जिवन परिवर्त हुन्छन् भन्ने उधेश्यले समाज परिवर्तकैलागी समाज सेवामा लागेका छन् । यसै क्रममा उत्थान समाजले बुधवार एक कार्यक्रमबीच रामधुनी वडा नं. ३ स्थित...

थारूवान

पृथ्वी राजमार्गको घाटबेंसीमा ६ दिनअघि भएको बस दुर्घटनामा बेपत्ता ३ जना यात्रु अझै फेला परेका छैनन् । घाइते भनिएका चालक सन्तोष चौधरी पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । उद्धारटोलीले बस डुबेको २५ फिट गहिरो तलाउ र वरपर खोजी गरिरहेको गजुरीस्थित प्रहरी निरिक्षक वरुणबहादुर सिंहले बताए ।

थारूवान

पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशित नेपालको संविधानका विषयमा आज नेपालगञ्जमा विमर्श गरिएको छ। देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचीन सिर्जनशिल आदिबासी समाज बर्दियाले प्रकाशन गरेको हो भने पत्रकार एकराज चौधरीले अनुवाद गरेका हुन्।

थारूवान

थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर यहि कात्तिक १८ गते छलफल गराउने भएको छ । गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु कबिरले संयोजन गर्ने निर्णय गरिएको छ ।

थारूवान

थारु पत्रकार संघ नेपालले आफ्नो १५ औं शाखा उदयपुरमा गठन गरेको छ। बिहीबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उदयपुरमा शाखा गठन गरेको हो।

थारूवान

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घय दिइँदैछ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट सुरु भएको हो ।

थारूवान
1 36 37 38 39 40 202