देश

मलेसियामा अन्जनीकुमार चौधरीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले बुधबार जनाएको छ ।

थारूवान

दाङका थारु कलाकर्मीहरुले यही आउँदो मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङ्गौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

थारूवान

चितवनमा पाँचौ खिचरा महोत्सवको तयारी भइरहेको छ। प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदै आएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी गरिएको हो । महोत्सव आयोजना गर्नका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन मूल समिति समेत गठन गरिएको छ...

थारूवान

मलेसियामा गठन भएको प्रवासी थारु सेवा समाजले त्यहाँका थारु कामदारमा आइपर्ने समस्याहरुको समाधान गर्दै आएको छ। अलपत्र परेकालाई व्यवस्थापन गर्नेदेखि बिरामीहरुको सहयोगको लागि समाज सधैं तत्पर रहेको छ। नेपालमा हुने विभिन्न समाजिक काममा पनि समाजले आर्थिक सायहता गर्दै आएको छ।

थारूवान

इन्द्रेणी थारु/काठमाडौं। नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म...

थारूवान

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको महोल दिनप्रतिदिन बढ्दै गएको छ। प्रदेशसभामा धेरै थारु अनुहार देखिएपनि प्रतिनिधि सभामा प्रमुख पार्टीहरुबाट केही हेभीवेट थारु नेताहरु चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये तीन क्षेत्र झनै रोचक रहने अनुमान गर्न सकिन्छ।

थारूवान

सन्तोष दहित/घोराही। थारु पत्रकार संघ दाङ शाखाद्धारा प्रकाशित ‘हमार दाङ’ २०७४ स्मारिकाको विमोचन गरिएको छ । सुनसरीको भुम्कामा भएको थारु पत्रकार संघ नेपालको छैठौं साधार सभा तथा तेस्रो महाधिवेशनमा उक्त स्मारिको विमोचन गरिएको हो ।

थारूवान

उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पारिवारिक शोक परेको छ । उनका ७८ वर्षीय दाजु दीपनारायणको आफ्नै घर दुहवी–२ पचिरामा आज मृत्यु भएको हो ।

थारूवान

सप्तरीको क्षेत्र नम्बर ३ मा एकै परिवारका दाजुभाइ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । दाजु मधेसी गठबन्धनबाट चुनाव लडेका छन् भने भाइ बाम गठबन्धनबाट । डाक्नेश्वरी नगरपालिका ५ पातो बस्ने चन्द्रकान्त चौधरी र भाइ ताराकान्त चौधरी एउटै क्षेत्रमा चुनाव लडेका हुन् ।

थारूवान

थारु पत्रकार संघ नेपालको निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले केन्द्रीय सल्लाहकार मनोनीत गरेको छ। मदन चौधरीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष कृष्णराज चौधरी, निवर्तमान उपाध्यक्ष प्रदीप लेखी र समाजसेवी तथा कलाकार रामलाल चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको हो।

थारूवान
1 35 36 37 38 39 202