देश

प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निरास

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन ।

थारूवान

बसन्त विवश आचार्य।अनलाइनखबर। तुलसीपुर उपमहानरपालिका क्वाडीका विनोद चौधरीले डेढ वर्षीया छोरीलाई काखमा हाले, गाला सुम्सुम्याए अनि श्रीमती अञ्जनालाई छोरी थमाएर ‘बाई’ गर्दै भने, ‘साँझ आउँछु चकलेट लिएर ।’ छोरीले अर्थ बुझिन् या बुझिनन्, हात हल्लाइन् र मख्ख परिन् ।

थारूवान

सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्धारा आयोजित युवा स्वयंसेवक सञ्जालमा आबद्ध युवाहरुलाई शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि युवाहरुको भूमिका विषय एक दिने कार्यशाला धनगढीमा सम्पन्न भएको छ। यूएनडीपी नेपाल क्षेत्रीय फिल्ड कार्यालय धनगढीको सहयोगमा सम्पन्न कार्यक्रममा युवा स्वयंसेवक सञ्जाल धनगढीका युवाहरुको सहभागिता थियो।

थारूवान

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरु भएको छ ।

थारूवान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

थारूवान

सीताराम चौधरी। चन्द्रौटा(कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबासाका बासिन्दाले वर्षौंपछि बल्ल शुद्ध खानेपानी पाएका छन् । त्यहाँस्थित जागृति आधारभूत विद्यालय प्राङ्गणमा जमिनको सतहमुनि डिपबोर जडान गरिएको छ । खानेपानीको व्यवस्था भएसँगै त्यस बस्तीका बालबालिका मात्र होइन, ७० घरधुरीका बासिन्दा स्वच्छ खानेपानी पाएका हुन् । पानीकै समस्याबाट काकाकूल बनेका त्यहाँका बासिन्दामा...

थारूवान

थारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक होला त ? खेलको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार नियाल्दा उनी आफैँ अलमलमा छन् । तैपनि भन्छन्, ‘निर्णायक त अवश्य...

थारूवान

बेलौरी नगरपालिका–५ सोभाताल मुक्तकमैया शिविरका सीताराम चौधरीले तरकारी खेतीका लागि अनुदान रकम र जग्गाको व्यवस्था गरिदिने उम्मेदवारलाई मतदान गर्ने सोच बनाएका छन् ।

थारूवान

सन्तोष दहित/दाङ। थरुहट नेता तेजमान चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार राति घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावी सभामा चौधरीलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराएका हुन् ।

थारूवान

वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँकी दुखनी थारूलाई सबै चुनाव उस्तै लाग्छ । भोट फुत्काउनकै लागि विकासको आश्वासन बाँड्ने नेताहरू चुनाव सकिएपछि कहाँ जान्छन्, पत्तो हुँदैन । तर, यसपटक उनले अलि बेग्लै सोचेकी छिन् । प्रदेश सरकारले हिमाली क्षेत्रका अल्पसंख्यक थारू समुदायका लागि छुट्टै स्वायत्तता र आरक्षण दिनुपर्ने दुखनीको माग छ ।

थारूवान
1 34 35 36 37 38 202