देश

अनौठो संस्कृति : मध्यरातमा जब थारु महिलाहरू निर्वस्त्र हुन्छन्

लखन चाैधरी/धनगढी। गर्मी सिजनमा वर्षा नभएपछि पानी पार्न के–के गर्नुपर्ला ? वैज्ञानिक कारण छुट्टै हुन सक्छ । तर, कैलालीका थारु महिलामा वर्षाको याचना गर्दै मध्यराति निर्वस्त्र भएर हलो जोत्ने परम्परा रहेको छ ।

थारूवान

सुनिल चौधरी/सुनसरी इटहरी ८ टेंग्राटोलका थारुहरुले वर्षौदेखि पूजापाठ गर्दै आएको ग्रामथानमा भूमाफियाहरुले डोजर चलाएका छन्। भूमाफियाले पुलिस प्रशासनकै संरक्षणमा नगरपालिकाको डोजरले त्यहाँ रहेको ग्रामथानलगायत भूमिघर भक्तकाएका हुन्। उनीहरूले थारु महिला अगुवाहरुमाथि कुटपिटसमेत गरेका छन्।

थारूवान

भोले बाबा बनेर युवतीहरुलाई यातना दिने कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद र एक लाख रुपिया जरिवानाको फैसला गरेको हो ।

थारूवान

पश्चिम नेपालका थारू समुदायमध्ये करिब १२ प्रतिशत सिकलसेल एनिमियापीडित रहेको एउटा अनुसन्धानको प्रारम्भिक नतिजाले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानक्रममा सिकलसेल मात्र नभएर ६.१ प्रतिशतमा बिटा थालेसेमियासमेत रहेको देखिएको छ ।

थारूवान

थारु पत्रकार संघ चितवन शाखाको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आज रत्ननगरस्थित रेडियो चितवनको बैठक कक्षमा सम्पन्न भएको छ । वार्षिक कार्ययोजनामा पत्रकारिता तालिम तथा निबन्ध लेखन प्रतियोगिता, कथा लेखन तालिम तथा प्रतियोगिता, उदघोषण तालिम तथा वक्तृत्वकला प्रतियोगिता, समय सान्दर्भिक बहस कार्यक्रम, थारु कलासंस्कृति संरक्षण तथा खोजमूलक कार्यक्रम साथै बुलेटिन...

थारूवान

संघीय समाजवादी फोरम नेपालका दुई मन्त्रीले राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले फोरम अध्यक्ष उपेन्द्र यादव र इश्तियाक राईलार्इ पद तथा गोपनियताको शपथग्रहण गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका हुन्।

थारूवान

सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा...

थारूवान

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ र ‘इकोनोमिक डिपार्चर’ देखिएको छैन । तर, अर्थविद्हरु भने यो बजेट निकै रणनीतिक रहेको बताएका छन् ।

थारूवान

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विक्रान्त भनिने कृष्ण देउवा र राजकुमार चौधरी रहेका छन् । अलग अलग स्थानबाट पक्राउ परेका देउवा र चौधरी एउटै आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

थारूवान

थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला दाङमा हुने भएको छ। नवलपरासीको अमलटारी होमस्टेमा भएको दुई दिने केन्द्रीय कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय भएको हो।

थारूवान
1 21 22 23 24 25 202