देश

११ वर्षीया उमा चौधरी बेपत्ता, प्रहरीले उजुरी लिन मानेन

लखन चौधरी/कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी १ बालिका १ हप्तादेखि बेपत्ता छिन् । विद्युत महसुस बुझाउन जेठ २९ गते घरबाट साथीसँग निस्केकी ११ वर्षीया उमा चौधरी हालसम्म सम्पर्कमा आएकी छैनन् ।

थारूवान

सिकलसेल एनिमिया । झट्ट सुन्दा तपाईंलाई यो रोगबारे उति हेक्का नहुन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । आज सिकलसेल एनिमिया दिवस भएकाले...

थारूवान

सन्तोष दहित/दाङ। बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले जानकारी गराएको छ।

थारूवान

कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँकी १८ वर्षीया पूजा चौधरी ५ वर्षदेखि मोर्डन ऐरा स्कुलका सञ्चालक तथा प्याब्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवको घरमा काम गर्न बाध्य छिन्। उनलाई वार्षिक ३० हजार ज्याला दिने सर्तमा शिक्षक यादवले काममा लगाएका हुन्। उनले यादवको घरमा खाना पकाउने काम गर्नुपरिरहेको छ।

थारूवान

कारी महतो/चितवन। खैरहनी नगरपालिका वडा नं. १० को कठारमा होमस्टे पर्यटन विकाससम्बन्धी ४ दिने तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले उक्त तालिमको उदघाटन गरेका हुन् । उक्त तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । उक्त तालिम आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे कठारमा सुरु भएको हो ।

थारूवान

कैलालीकी यज्ञवती राना रानाथारु समुदायमै पहिलो मेडिकल डाक्टर बन्न सफल भएकी छन् ।धनगढी उपमहानगरपालिका वडा ८ की यज्ञवती राना समुदायकै पहिलो डाक्टर बन्न सफल भएकी हुन् ।

थारूवान

थारु महिला सभाकाे अध्यक्षमा हरिदेवी चौधरी पुन: निर्वाचित भएकी छन्। प्रदेश नम्बर ३ काे राजधानी हेटाैंडामा भएकाे दाेस्राे महाधिवेशनले हरिदेवी नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे।

थारूवान

कारी महतो थारु/हेटौडा। प्रतिनिधि सभाका सांसद पद्मनारायण चौधरीले थारु महिलाहरुको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । हेटौंडामा भएको थारु महिला सभाको दोस्रो महाधिवेशनका प्रमुख अतिथिका रुपमा आमन्त्रित नेपाली कांग्रेसका सांसद चौधरीले मन्तव्यको क्रममा यस्तो बताएका हुन् ।

थारूवान

कारी महतो/हेटौंडा। थारु महिला सभाको दोस्रो महाधिवेशनको उद्घाचटन सत्र सम्पन्न भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आयोजित उद्घाछटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरी रहेका थिए। त्यस्तै नेपाली कांग्रेसका अर्का सांसद तेजुलाल चौधरी पनि विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) पर्साकाे सभापतिमा हेमनारायण चौधरी निर्विरोध निर्वाचित भएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा भएको सातौं जिल्ला अधिवेशनले उनको नेतृत्व स्वीकार गरेको हो । थाकसका महामन्त्री अमिरी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अन्य पदाधिकारी भने चयन गर्न सकेन । अन्य पदाधिकारी शनिबार चयन हुने नन्दकिशोर पञ्जियारले जानकारी...

थारूवान
1 19 20 21 22 23 202