देश
बादल हाम्रो प्रधानमन्त्रीको उमेदवारः वैद्य
काठमाडौं- नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले काग्रेसहितका दलहरुको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव गरेका छन्। रिपोर्टर्स क्लब नेपालले वैद्य निवासमा साक्षात्कारमा उनले यस्तो बताएका हुन्। उनले भने- ‘नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रबादी शक्तिले गर्नु पर्ने भन्दै काग्रेससहितकाको...
थारूवानकाठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार इन्डोनेसियाको जकार्तामा आयोजन हुन लागेको विपद् जोखिम न्यूनीकरण विषयक पाँचौँ एसियाली मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरे। भोलिदेखि सुरु हुने सो सम्मेलनमा मुख्यतया विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय क्षमता अभिवृद्धिका बारेमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ।
थारूवानकाठमाडौं- प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा गठित मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सम्हाल्दै आएका श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी तोकेका...
थारूवानकाठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी चैत-वैशाखसम्म नयाँ निर्वाचन हुने बताएका छन्। रिपोर्टर्स क्लबले दसैं तथा तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री डा भट्टराईले चुनावका निम्ति केही समयभित्रै दलहरूबीच सहमति हुने दाबी गरे। उनले भने, ‘राजनीतिमा केही हुँदैन भन्दा पनि प्रक्रिया अगाडि बढिरहेको हुन्छ, अहिले पनि त्यस्तै भइरहेको छ,...
थारूवानकाठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समस्याको मूल कारण एनेकपा (माओवादी) भएको बताएका छन्। विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मदन आश्रित स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालयले आज गोठाटारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र