देश

शान्ति चौधरीले जन्माइन् चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा

टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।

थारूवान

लखन चौधरी/कैलाली। अबिरल वर्षाले कैलालीको भजनी नगरपालिका क्षेत्रका करीब सयौं घर डुबानमा परेका छन् । जिल्लाको बाढी प्रभावित क्षेत्रको रुपमा चिनिने भजनी क्षेत्र आइतवार रातिदेखि परेको अविरल वर्षाले डुबानमा परेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए ।

थारूवान

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ६,७ र ८ गते हुने भएको छ। गतवर्ष नै हुनुपर्ने महाधिवेशन विभिन्न कारणले हुन सकेको थिएन। गत असार १४ गते बसेको थाकसको केन्द्रीय सभा बैठकले यो मिति तय गरेको हो। तर कुन ठाउँमा महाधिवेशन गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

थारूवान

बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किशोरीहरुले आफ्नो सुरक्षा आफैँ कसरी गर्ने भनी एक दिने आत्मरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सयपत्री उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई सिकाइएको छ । पश्चिम नवलपरासी थारु पत्रकार सघंको आयोजनामा किशोरीमाथि हुने कुनै किसिमका यौन दुर्व्यवहार, यौन हिसां नहोस्, कारणबस त्यस्तो दुर्व्यवहार परेमा किशोरीले सोही समयमा आफ्नो रक्षा कसरी...

थारूवान

धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । आव २०७५/७६ का लागि धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब ७९ करोड ३४ लाखको अनुमानित आय–व्यय (बजेट) प्रस्तुत गरेको छ । नगरवासीले आफ्ना माग एकातिर नीति, कार्यक्रम तथा बजेट अर्कैतिर भएको...

थारूवान

अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि विभिन्न किसिमका बिकृति देखिरहेको अवस्थामा देउखुरीका कविहरुले अबको सिर्जनाहरुमा समय, माटो र आफ्नो कला–संस्कृतिप्रतिको जिम्मेवारीबोध हुनुपर्ने कुरा बताएका छन् । हरि–सुनकेशरी फाउन्डेसनको आयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीको संयोजनमा असार ३ मा भएको काव्य–बिमर्श, बहुभाषिक कवि गोष्ठी तथा समीक्षा कार्यक्रमका सहभागीहरुले...

थारूवान

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। नगरप्रमुख मंगलप्रसाद चौधरीसहित उपाध्यक्ष र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष मदन चौधरीले जनप्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।

थारूवान

लखन चौधरी/कैलाली। बाँके, बर्दिया, दाङ, कञ्चनपुरसहित कैलाली जिल्लामा कमलरी हत्याको विरोधमा आज प्रदर्शन गरिएको छ ।

थारूवान

सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । स्काइभेटर बोकेको ट्रक १९ नम्बर ढोका फुटाएर सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी पुगेर ट्रकमा रहेकाहरुको उद्दार गरेपनि गम्भीर घाइतेको उपचारको क्रममा निधन भएको हो ।

थारूवान

थारु समुदायमा विकराल बन्दै गएको वंशाणु रोग सिकलसेलबारे विभिन्न माग राखी घोषणा पत्र जारी गरिएको छ। कैलालीमा आयोजित विश्व सिकलसेल दिवसको अवसरमा सिकलसेल नेपालले १२ बुँदे घोषणा पत्र जारी गरेको हो। उसले यस रोगको निशुल्क परीक्षणदेखि राष्ट्रिय सिकल सेल कोष स्थापना गर्न मागसमेत गरेको छ। 

थारूवान
1 18 19 20 21 22 202