देश

पूर्ण बजेट ल्याउन एमाओवादी-मधेसी मोर्चाबीच छलफल

काठमाडौं- सत्तारुढ एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्ण बजेट ल्याउन विशेष पहल गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेटको समयसीमा कात्तिक मसान्तमा सकिने भएकाले पूर्ण बजेटको तयारी गर्ने निर्णय गरेको हो।

थारूवान

झापा- मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह)को भ्रातृ सङ्गठन मधेसी युवा फोरम मधेसका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन्। भद्रपुर–८ निवासी ३८ वर्षीय चौधरीले शनिबार अपरान्ह ४ : ३० बजे आफ्नै साइकल पसलभित्र झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

थारूवान

काठमाडौं – एनेकपा (माओवादी)ले राजनीतिक सहमति,आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा महत्वपूर्ण निर्णय लिएको छ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी रुपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनशील दिशातर्फ लाने आगामी कार्ययोजनासहित महत्वपूर्ण तीनवटा निर्णय लिएको हो।

थारूवान

काठमाडौं- विजयादशमी, दीपावली, इद, छठ तथा नेपाल संवतका अवसरमा हरेक वर्ष हुँदै आएको चियापान नेपाली कांग्रेसले भोलि र नेकपा (एमाले) ले पर्सी आ-आफ्ना पार्टी कार्यालयमा आयोजना गर्दैछन्। आपसी भेटघाट, शुभकामना आदानप्रदान गर्न चियापानको कार्यक्रम आयोजना गरिएको ती दलले जनाएका छन्।

थारूवान

काठमाडौं- वर्तमान राजनीतिक गातिरोधको अन्त्य र सहमतीय सरकारको गठनका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको छ। उनीहरुबीच केही समयका लागि संविधान सभा पुनःस्थापना गरेर विगतमा सहमति भएका बुँदाहरु समेटेर संविधान जारी गर्ने अथवा ताजा जनादेशमा जाने भन्ने विषयमा छलफल...

थारूवान

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले कूल राष्ट्रिय बजेटको पाँच प्रतिशत रकम विपत्–जोखिम न्यूनीकरणका लागि विनियोजन गर्न अपरिहार्य भएको उल्लेख गर्दै त्यस निम्ति आफूले भरमग्दुर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थारूवान

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुक सङ्कटको अवस्थामा आइपुगेकाले राष्ट्रपति चुप लागेर बस्न नहुने बताएका छन्। ‘राष्ट्रपति भनेको सङ्कटकालीन बत्ती हो। निकासका लागि राष्ट्रपतिले के गर्नुपर्छ भन्ने कुरा उहाँले आफ्नो कर्तव्य बुझ्नुभएको छ।’

थारूवान

काठमाडौं- नेपाली का|ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा पुनःस्थापनाको विरोध गरेर निर्वाचनको रट लगाउनेहरुलाई निकासको उपय’क्त विकल्प दिन चुनौति दिएका छन्। रिपोर्टर्स क्लब नेपालले पौडेल निवास बोहराटारमा गरेको साक्षात्कारमा उनले भने–पुनःस्थापनाको विरोध गरेर चुनावको रट लगाएरमात्रै हुँदैन निकासको उपयूक्त विकल्प पनि दिनु सक्नुपर्यो।

थारूवान

गौशाला, कात्तिक ८- वनमन्त्री यदुवंश झाले जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विद्यानाथ झालाई जुत्ता देखाएर दुर्व्यवहार गरेका छन्। आफ्ना नातेदारलाई बोका ढुवानी गर्न जिल्ला वन कार्यालयले गाडी उपलब्ध नगराएको निहुँमा वनमन्त्री झाले आज बिहान जिल्ला सदरमुकाम जलेश्वरस्थित वन कार्यालयमा पुगी कार्यालय प्रमुख झालाई गाली गर्दै जुत्ताले पिट्ने धम्की दिएका...

थारूवान

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले आपसी सद्भाव र सामाजिक अङ्गको चाड बडादसैँ तथा विजयादशमी २०६९ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

थारूवान