देश

वैशाखमा चुनाव नभए आन्दोलन : कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी वैशाखमा हुने संविधान सभाको निर्वाचनबाट राप्रपा नेपालले बोकेको विचार र मान्यताले एउटा शक्तिको रुपमा स्थापित हुने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन, काठमाडौं महानगर समितिको तेस्रो अधिवेशनको उद्‍घाटन गर्दै उनले निर्वाचनमा जाँदा जनताबाट दण्डित हुने भयले नेपाली कांग्रेस, नेकपा एमाले...

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले सडक विस्तार अभियान दीर्घकालीन महत्वको भएकोले एकीकृतरूपमा अगाडि बढाउन निर्देशन दिएका छन्। सडक विस्तारको काम सोचेअनुरूप अगाडि बढ्न नसकेको र जनस्तरबाट व्यापक गुनासो आएको बताउँदै उनले तत्काल सो कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन्।

थारूवान

ललितपुर- विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा आज पनि चार राजनीतिक शक्तिको शीर्ष नेताहरुको बैठक बसे पनि कुनै निर्णय हुन सकेन। ललितपुरको सुनाकोठी (बाङ्गेधारा)स्थित एक गैरआवासीय नेपालीको घरमा भएको सो बैठकमा आगामी वैशाखमा संविधान सभा वा व्यवस्थापिका–संसद्को निर्वाचन गर्ने भन्नेमा सबैजसो नेताहरुको समान मत भए पनि राष्ट्रिय सहमतिकै विषयमा...

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले जुनसुकै हालतमा पनि कात्तिकभित्र पूर्ण बजेट ल्याउने निर्णय गरेको छ। सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेट यही कात्तिक मसान्तमा सकिने भएकाले राष्ट्रलाई आर्थिक अराजकता र सङ्कटबाट मुक्त राख्नका लागि पूर्ण बजेट नै ल्याउनुपर्नेमा एमाओवादीले जोड दिएको हो।

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले देशमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच छिटो सहमति बनोस् भन्ने चाहना राखेका छन्। आफ्नै निवास शीतलनिवासमा आज बिहान प्रधानमन्त्री बाबुराम भट्टराईसँग भएको भेटवार्तामा राष्ट्रपति डा यादवले त्यस्तो चाहना राखेका हुन्। भेटवार्तामा राष्ट्रपति डा यादवले प्रधानमन्त्री भट्टराईलाई सहमतिमै बजेट ल्याउन पनि आग्रह गरेका थिए।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका संविधानसभा पुनःस्थापना पक्षधर ७८ जना पूर्वसभासद्ले पार्टीको केन्द्रीय कार्यसमितिको हिजोको बैठकले नयाँ निर्वाचनमा जाने भनी गरेको निर्णयप्रति विरोध जनाएका छन्। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको संविधानसभा पुनःस्थापना पक्षधर सभासद्हरुको बैठकले पार्टीको हिजोको निर्णयप्रति विरोध दर्शाएको पूर्वसभासद् शोभाकर पराजुलीले जानकारी दिए। 

थारूवान

जनकपुरधाम- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले दलहरुबीच राष्ट्रिय सहमति बनेमात्र चुनाव गराउनु उत्तम हुने बताएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग आज बिहान कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय सहमतिपछि हुने चुनाव निष्पक्ष र धाँधलीरहित भएको बताए। 

थारूवान

काठमाडौं- प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ निलम्बनमा परेका छन्। विदेशी मुद्रा अवैधरुपमा विदेश पुर्‍याउने कार्यमा संलग्न भएको आशङ्कामा गृहमन्त्रालयले उहाँलाई निलम्बन गरेर छानबिन गर्ने निर्णय गरेको हो। मन्त्रिस्तरीय निर्णयअनुसार वरिष्ठ उपरीक्षक श्रेष्ठलाई तीन महिनाका लागि निलम्बन गरेर सोही व्यहोराको पत्र प्रहरी प्रधान कार्यालयमा पठाइएको गृहमन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिए।

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना अक्षरसः पालना गर्नुपर्नेमा जोड दिँदै त्यसको कार्यान्वयन पक्षलाई सुदृढ बनाउन सम्बद्ध सबै पक्षलाई निर्देशन दिएका छन्। 

थारूवान

काठमाडौं- सत्ता साझेदार दलहरुको आजको बैठकले दुईदिनभित्र संविधान सभा पुनःस्थापना गर्ने वा ताजा जनादेश लिन निर्वाचनमा जाने भन्ने विषयमा निर्णायक वार्ता गर्ने जिम्मेवारी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको बैठकले नेपाली कांग्रेस, नेकपा (एमाले) सहित अन्य दलसँग छलफल गरेर दुई विकल्पमध्ये एकमा प्याकेजमै...

थारूवान