देश

बजेट अस्वीकार गर्न १९ दलले राष्ट्रपतिलाई आग्रह गर्ने

काठमाडौं- प्रतिपक्षी १९ दलको आजको बैठकले सरकारले ल्याउने बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा–माओवादीसहित १९ दलको बैठकपछि ती दलहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा असंवैधानिक प्रक्रियाबाट बलपूर्वक अध्यादेशमार्फत सरकारले ल्याउने बजेट स्वीकृत नगर्न र सहमतिका आधारमा बजेट...

थारूवान

काठमाडौं- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आजदेखि अवकाश पाएपछि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठताका आधारमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले पाएका छन्। सेवा अवधि पूरा गरेका प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बुधबारदेखि स्वतः अवकाश पाएका हुन्।

थारूवान

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले सहमतिबिना सरकारले ल्याउने बजेटलाई अस्वीकार गर्दै एमाओवादीको एकलौटी शासन सत्ता चलाउने शैलीविरुद्ध सशक्त आन्दोलनमा जाने भएका छन्। दुवै दलका शीर्ष नेताहरूको सहभागितामा आज नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा भएको बैठकले दलहरूको सहमतिबिना ल्याउने बजेट अस्वीकार गर्ने तथा लोकतान्त्रिक संस्थाहरूलाई समाप्त गर्ने एकलौटी शासनविरुद्धमा...

थारूवान

रत्ननगर- नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रियता जोगाउनकै लागि पनि वर्तमान सरकार परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन्। अखिल नेपाल शिक्षक सङ्गठन नेपालद्वारा आज भरतपुरमा आयोजित पेसागत हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले अहिलेको सरकारले राष्ट्रियता र राष्ट्रिय स्वाधीनता खतरामा पारेको आरोप लगाउँदै तत्काल सरकार परिवर्तन हुनुपर्ने स्पष्ट पारे। 

थारूवान

काठमाडौं- वैशाखमा निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले राजधानीमा बृहत् आमसभा गर्ने भएको छ। सर्वोच्च नेता गणेशमान सिंहको ९७औं जन्मजयन्तिको अवसर पारेर कात्तिक २४ गते राजधानीको बसन्तपुरमा आमसभा गर्न लागेको काँग्रेसले जनाएको छ। सभाको व्यवस्थापनको जिम्मा पाएको नेपाली काँग्रेस काठमाडौंले जनसभाको तयारीलाई तीव्रता...

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का नेता नन्दनकुमार दत्तले भोलिदेखि सुरु हुने आफ्नो पार्टीको महाधिवेशनमा आफ्नो समूहको सहभागिता नहुने बताएका छन्। सो पार्टीभित्र दत्तले नेतृत्व गरेका विचार समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता दत्तले अर्को समूहले आफूहरूको सल्लाहबिना महाधिवेशन गर्न लागेको भन्दै यही २१, २२ र २३ गते वीरगञ्जमा हुने...

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले दलहरूका बीचमा सहमति कायम हुन नसके राष्ट्रपतिले गतिरोध फुकाउनका लागि निर्वाचन र सहमतिको सरकार घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पटकपटक राष्ट्रपतिबाट सहमतिका लागि दलहरूलाई बोलाउनुभन्दा अब राष्ट्रपतिले ढिला नगरी दलहरूलाई एक साताको समय...

थारूवान

सल्यान- शिक्षामन्त्री दीनानाथ शर्माले अबको एक वर्षभित्रै सरकारले शिक्षक सेवा आयोगले १० हजार शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्ने तयारी गरेको जानकारी दिएका छन्। शनिबार पश्चिमी क्षेत्र वन्गाडामा स्थापना गरिएको वन्गाड क्याम्पस उद्‍घाटनका क्रममा उनले अस्थायी, ‘पिसिएफ’ (प्रतिविद्यार्थी लगानी)लगायतमा कार्यरत सबै शिक्षक आयोगको परीक्षामा उत्तीर्ण हुन नसके पनि अनुत्तीर्णलाई ‘गोल्डेन...

थारूवान

काठमाडौं- संवैधानिक राष्ट्रपतिले राजनीतिक विषयमा धेरै चासो राख्न नपर्ने धारणा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित नियमित प्रवक्ता– सञ्चारकर्मी भेटका क्रममा उनले ‘राष्ट्रपतिले दलहरुबीच सहमति भएपनि विघटित संविधान सभा पुनःस्थापना गर्दिन भनेर दिएको अभिव्यक्ति गैरकानुनी भएको बताए। 

थारूवान

काठमाडौं- काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेकपा एमालेका स्थायी समितिका सदस्य केपी शर्मा ओलीलाई थप उपचारका निम्ति आज एअर एम्बुलेन्समार्फत भारत लगिएको छ। दिउँसो तीन बजे उनलाई भारतको मेदान्त अस्पताल लगिएको हो। भारतबाट एअर एम्बुलेन्स आउन ढिलाइ भएका कारण हिजो त्यसतर्फ लैजाने कार्यक्रम स्थगित भएको थियो।

थारूवान