देश

सर्वसत्तावाद शासनविरुद्धको आन्दोलन सफल भएरै छाड्छ : कोइराला

काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एनेकपा माओवादीको सर्वसत्तावादी शासन लाद्ने प्रयत्नविरुद्ध कांग्रेस उत्रिएको बताउँदै त्यसविरुद्धको आन्दोलनमा सफल भएरै छाड्ने दृढता व्यक्त गरेका छन्। डर, धाक, धम्की र सर्वससत्तावादबाट मुलुकलाई मुक्त गरेर देशमा दीगो शान्ति र स्थायित्व ल्याउनुपर्नेमा सभापति कोइरालाले जोड दिए।

थारूवान

सिन्धुपाल्चोक- गृहसचिव नवीनकुमार घिमिरेले जबसम्म जनताले शान्तिसुरक्षा र न्याय पाएको अनुभूत गर्न सक्दैन तबसम्म सुशासन छ भन्न नसकिने बताएका छन्। गृहसचिव घिमिरेल सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको चौतारामा आज उद्‍घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सरकारको प्रतिनिधि भएकाले पारदर्शी भएर छिटोछरितो ढङ्गले जनताको काम गर्न निर्देशन दिए। 

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादव उपराष्ट्रपति परमानन्द झाद्वारा दीपावली एवम् छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित भेटघाट एवम् जलपान समारोहमा उपस्थित भए। उपराष्ट्रपतिको कार्यालय बहादुरभवन कान्तिपथमा आयोजित सो समारोहमा प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मीको पनि उपस्थिति थियो।

थारूवान

काठमाडौं- राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान सभाको निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसका पदाधिकारी एवं काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको आज सभापति सुशील कोइराला निवासमा बसेको बैठकले आन्दोलनका कार्यक्रमलाई व्यापक जनपरिचालन गरी शान्तिपूर्ण ढङ्गले अघि बढाउने निर्णय गरेको...

थारूवान

काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा सहमति जुटाउन आज पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा पूर्वअर्थमन्त्री तथा गर्भनरहरुले बजेट राष्ट्रको लागि आवश्यक पर्ने र यसमा राजनीति गर्नभन्दा पनि सहमति जुटाएर नै जारी गर्न सरकारको नेतृत्व गरेको एमाओवादीले विशेष पहल गरेको जानकारी गराइएको थियो।

थारूवान

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी र विपक्षी दलहरु सहमतिका लागि अधिकतम लचकताका साथ अगाडि बढेको भए पनि सत्तापक्षले त्यसलाई बेवास्ता गरेको आरोप लगाएका छन्। नेपाल सम्वत् ११३३ नयाँ वर्ष तथा दीपावलीका अवसरमा नेकपा (एमाले) निर्वाचन क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नं ७ द्वारा आज यहाँ आयोजित...

थारूवान

सुन्दरीजल- पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसी मोर्चाको वर्तमान गठबन्धनले देशलाई अनिष्टतर्फ धकेलिरहेको बताएका छन्। दिपावली, नेपाल सम्वत्, छठ र ईदको उपलक्ष्यमा नेकपा एमाले काठमाडौं ३ नं क्षेत्रीय कमिटीद्वारा आज जोरपाटीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले एक दुई दिनभित्रै बजेटको विषयमा सहमति कायम गर्न एनेकपा (माओवादी) का अधयक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान करिब एक घन्टा भएको भेटवार्तामा उनीहरूबीच बजेट, नयाँ निर्वाचनलगायत विषयमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रपति यादवले दलहरूबीच लामो समयसम्म सहमति कायम...

थारूवान

जनकपुरधाम- मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति तानाशाह बन्ने र कु गर्नेजस्ता परिस्थिति असम्भव भएको बताएका छन्। सञ्चारकर्मीसँगको भेटमा उनले राष्ट्रपतिले दलहरूको सहमतिमा नै निकासको बाटो पहिल्याउने धारणा राखे। अध्यादेशबाट राष्ट्र सञ्चालन गर्न खोज्नु लोकतन्त्रको घाँटी निमोठ्नुसरह हो भन्दै उनले अध्यादेशबाट राष्ट्र सञ्चालन गर्ने सोच त्याग्नु...

थारूवान

काठमाडौं- सरकारले किसानका लागि उन्नत बीउ तथा बिजनको कार्यक्रम कार्यान्वयनका लागि कृषि विकास अन्तर्राष्ट्रिय कोषबाट प्राप्त भएको ऋण र अनुदान गरी रु तीन अर्ब ४० करोड रकम स्वीकार गर्ने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालको कृषि क्षेत्रको विकासका लागि सो रकम खर्च गर्ने निर्णय गरेको शिक्षामन्त्री दीनानाथ शर्माले...

थारूवान