देश

एमाओवादी अधिवेशनको चटारो

कृष्णराम परियार, हेटौंडा- एकीकृत नेकपा (माओवादी) ले दुई दशकपछि हेटौँडामा आगामी माघ २० गतेदेखि आफ्नो राष्ट्रिय महाधिवेशन गर्न लागेकामा मकवानपुरका उद्यमी, व्यापारी, नागरिक समाज, कृषक, मजदुर विभिन्न राजनीतिक दल तथा हेटौँडा नगरवासी हर्षित देखिएका छन्। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि मध्यमाञ्चलको क्षेत्रीय सदरमुकाम हेटौँडामा ठूला राजनीतिक दलमध्ये एमाओवादीद्वारा आयोजना गरिने राष्ट्रिय महाधिवेशन...

थारूवान

काठमाडौं- सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले विपक्षी दलहरु सहमतिका लागि तयार नभए मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि विपक्षी दलहरु तयार नभए मन्त्रिपरिषद् विस्तार गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको बताएको छ।

थारूवान

काठमाडौं, मङ्सिर २३- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि १२ बुँदे सम्झौताका सहयात्री दलहरु फेरि एक ठाउँमा आउनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ, काठमाडौं जिल्ला शाखाको वार्षिक साधारण सभाको उद्‍घाटन गर्दै उनले बाह्रबुँदे सहमतिका सहयात्रीहरुको उद्देश्य पूरा भइनसकेकाले दलीय आरोप–प्रत्यारोप छोडेर फेरि मिल्नुको...

थारूवान

सल्यान- अर्थमन्त्री वर्षमान पुनले दलहरुबीच विवादित विषयमा प्याकेजमै सहमति नभएसम्म सत्ता नछाड्ने बताएका छन्। सल्यानको फारुलाचौर–१ मा रहेको फारुलाचौर बहुमुखी क्याम्पसमा बिएड क्याम्पसको उद्घाटन गर्दै अर्थमन्त्री पुनले संविधानमा मिल्न बाँकी विषयमा सहमति भएमात्र नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताए। 

थारूवान

कञ्चनपुर- थरुहट तराई पार्टी नेपालको गाउँ इकाई समिति गठन भएको छ। लक्ष्मीपुर–१ टेडुवा, कञ्चनपुर स्तरिय गाउँ इकाइ कमिटीको अध्यक्षमा छत्रबहादुर चौधरी चयन भएका छन्। कमिटीको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः शान्ति चौधरी, रमेश चौधरी, मनिराम चौधरी र सुनकुमारी चौधरी छन्।

थारूवान

चितवन- नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले चारदलले गरेको सहमति आफूहरुलाई मान्य नहुने बताएका छन्। राष्ट्रपति रामवरण यादवले चारदलले गरेको सहमतिलाई सर्वदलीय सहमति भन्ने गरेकोप्रति आपत्ति जनाउँदै लेखीले चार दलबीच भएको सहमति कुनै पनि हालतमा सर्वदलीय हुन नसक्ने दाबी गरे।

थारूवान

पोखरा- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले प्याकेजमा सहमति भएपछि मात्रै सहमतिको सरकार बन्नसक्ने विश्वास व्यक्त गरेका छन्। पोखरा विमानस्थलमा बिहीबार सञ्चारकर्मीसित बोल्दै उनले संविधानका असहमतिका बुँदामा सहमति भएपछि मात्रै नयाँ सरकारको नेतृत्वबारे छलफल अघि बढ्ने विचार व्यक्त गरे।

थारूवान

कैलाली- कैलालीका मुक्तकमैया बाबुराम चौधरीलाई यतिबेला टुसुक्क बस्ने फुर्सद छैन। भर्खरै जंगल पुगेर एकगाडा दाउरा ल्याएँ, अब स्वागत सत्कार र भोजको अरु तयारी गनुपर्छ चौधरीले भने, ‘मुसा खोज्न चार–पाँचजनाको टोली खटाइसकेको छु।’ शुक्रबार प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो घरमा बास बस्न आउने पक्का भएपछि चौधरीको चटारो बढेको हो।

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले आगामी माघ २० गते मकवानपुरको हेटौँडामा महाधिवेशन गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय र राजधानीमा उपलब्ध ब्युरो इन्चार्जहरुको संयुक्त बैठकले पार्टीको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि एमाओवादीले पार्टीको महाधिवेशन आगामी माघ ११ गतेदेखि काठमाडौँमा गर्ने निर्णय सार्वजनिक गरेको थियो।

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दललाई पुनः छ दिनको समय थप गरेका छन्। आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलमा राष्ट्रपति यादवले सहमतिका लागि पुनः समय थप गरेका हुन्। एक घन्टाभन्दा बढी भएको छलफलमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेकाले...

थारूवान