देश

फोरम गणतान्त्रिकको पदाधिकारी बैठक बस्दै

काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)को केन्द्रीय समितिको बैठक एजेन्डा तय गर्न तथा सरकारबारे निर्णय गर्न पार्टी पदाधिकारीको बैठक पार्टी कार्यालयमा बसिरहेको छ। पार्टी सहअध्यक्ष बीपी यादवका अनुसार आगामी केन्द्रीय समितिमा जिम्मेवारी बाँडफाँड, राजनीति ऐजेन्डा र महाधिवेशन समीक्षाबारे बैठकमा छलफल हुनेछ।

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्न आज चौथो पटक पुनः म्याद थप गरेका छन्। सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई पुस २ गतेसम्मको समयसीमा थपिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ। 

थारूवान

झापा- नेपाली कांग्रेस झापाले पार्टीका राष्ट्रिय र स्थानीय गरी आफ्ना चार नेताको शालिक निर्माण गर्ने भएको छ। जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका पूर्वसभापति स्वः गिरिजाप्रसाद कोइराला र कार्यकर्ताहरू खजुरगाछीका स्वः श्यामसुन्दर यादव, बालुवाडीका स्वः चन्द्रमणि भट्टराई र बुधबारेका स्वः यम आचार्यको शालिक बनाउने निर्णय गरेको हो। 

थारूवान

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नयाँ मान्छे प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्। रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियानअर्न्तगतको विशेष साक्षात्कारमा उनले भने– हामी नेतृत्वको विषयमा खुल्ला छौं। म प्रधानमन्त्रीको दौडमा छैन।

थारूवान

बनेपा- काठमाडौं विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकबाट प्रतिभा पलायन भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। काठमाडौँ विश्वविद्यालयको १८औं दीक्षान्त समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले प्रतिभा पलायन मुलुकका लागि गम्भीर समस्या भएको बताए। विद्यार्थीको विदेश पलायनका कारण शिक्षामा भएको लगानीको प्रतिफल आउन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले युवा...

थारूवान

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन हुने नहुने अनिश्चित रहेका बेला जिल्ला र क्याम्पसमा प्रतिनिधि खटाएको छ। पार्टीले छ महिनाभित्र महाधिवेसन गर्ने म्यान्डेट दिएपनि संघको महाधिवेशन नहुने निश्चितजस्तै रहेका बेला उसले सोमबार जिल्ला र क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको हो। 

थारूवान

गोरखा- प्रधानमन्त्री बाबुराम भट्टराईले विकल्पबिना प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन्। जिल्लाको ताकुकोट गाविसस्थित सूर्यज्योति उच्चमाध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरू राष्ट्रपतिले दिनुभएको समयसीमाभित्र छिटो सहमतिमा पुग्नुपर्ने बताए। 

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सहमतीय सरकारको प्रधानमन्त्रीको उम्मेदवार आफ्नै पार्टीका सभापति सुशील कोइराला नै रहेको दोहर्‍याएका छन्। उनले सहमतीय सरकारको साझा उम्मेदवार पार्टी सभापति कोइरालालाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे।

थारूवान

काठमाडौं- सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले गर्नुभएको आह्वानलाई जनताले साथ दिनुपर्ने उपराष्ट्रपति परमानन्द झाले बताएका छन्। उपराष्ट्रपति कार्यालयमा आज रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपराष्ट्रपति झाले अब राष्ट्रपतिलाई जनताले साथ दिनुपर्र्ने बेला आएको बताए। उनले भने, “अहिले राष्ट्रपतिलाई जनताको सहयोग आवश्यक परेको छ। जिल्लाजिल्लामा हस्ताक्षर अभियान चलाएर नागरिक समाजले...

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार र भ्रष्टाचारीहरुले आफूहरुलाई अन्त्य गर्ने चिन्ता लाग्न थालेको बताएका छन्। राजनीतिक र प्रशासनिक उच्च नेतृत्व तहबाट प्रश्रय पाएको कारण देशमा भ्रष्टाचारका समस्या भयावह बनेको उनले बताए।

थारूवान