देश

दलहरुले देशलाई नेतृत्व दिन सकेनन् : थापा

धनगढी- राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता अभियानले निर्माण हुने राष्ट्रवादी प्रजातान्त्रिक शक्तिले नै मुलुकलाई नयाँ दिशानिर्देश गर्ने बताएका छन्। राप्रपा र राजपाको एकता अभियानको सिलसिलामा धनगढी आएका थापाले आयोजित पत्रकार सम्मेलनमा अहिलेका प्रमुख राजनीतिक दलहरु देशलाई नेतृत्व दिन असफल भएको...

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी) आबद्ध तीन सयभन्दा बढी मजदुरले सो सङ्गठन परित्याग गरी नेकपा–माओवादी सम्बद्ध मजदुर सङ्गठनमा प्रवेश गरेका छन्। माओवादी सचिव नेत्रविक्रम चन्दले ललितपुरको कुपण्डोलमा आज एक कार्यक्रमबीच ती मजदुरहरुलाई टीका लगाई अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासङ्घमा प्रवेश गराए। 

थारूवान

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच छिट्टै राजनीतिक सहमति हुने बताएका छन्। राष्ट्रपति रामवरण यादवसँग आज बिहान राष्ट्र्रपति भवन शीतल निवासमा भएको छलफलपछि अध्यक्ष दाहालले सोमबार बेलुकासम्म राजनीतिक सहमति जुट्ने बताए। 

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवसँग संयुक्त मधेसी मोर्चाका संयोजक एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आज बिहान राष्ट्रपति भवन सितल निवासमा वर्तमान राजनीति गतिरोधको निकासबारे भेटवार्ता गरेका छन्। सो अवसरमा राष्ट्रपतिले मधेसी मोर्चाको तर्फबाट राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आफूलाई आग्रह गर्नुभएको भेटपछि संयोजक गच्छदारले राससलाई बताए।

थारूवान

जनकपुरधाम- उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले दुई तीन दिनभित्रै विद्यमान राजनीतिक अवरोधको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। रिपोर्टर्स क्लब अफ जनकपुरद्वारा आयोजित कार्यक्रममा उनले सहमतिको सरकार निर्माण गर्न राष्ट्रपतिद्वारा दिइएको चौँथोपटकको समयसीमाभित्रै सहमति जुटाउन सबै दलको अग्रसरतामाथि जोड दिए। 

थारूवान

काठमाडौं- वर्तमान राजनीतिक सङ्कटको निकासका लागि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ। एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुन, संविधानलगायतका विषयमा एकमुष्ट सहमति जुटाएर अगाडि बढ्ने विषयमा कुराकानी भएको अध्यक्ष...

थारूवान

काठमाडौं-माओवादी सेनाको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको बैठकले एक उपरथीको नेतृत्वमा राष्ट्रिय विकास, वन सुरक्षा तथा विपत् व्यवस्थापन महानिर्देशनालय बनाउने निर्णय गरेको छ। उपरथि नेतृत्वको महानिर्देशनालयमा ४ हजार ७१ रहनेछन्। समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली सेनाका उपरथीको नेतृत्वमा चार हजार ७१ सङ्ख्याको महानिर्देशनालय बनाउने निर्णय गरेको...

थारूवान

चितवन- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकार आन्दोलनबाटै हटाउने चेतावनी दिएका छन्। नेपाल प्रेस युनियन चितवनले आज बिहान नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट भट्टराई नेतृत्वको सरकारले मार्गप्रशस्त नगरे विपक्षी दल आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। 

थारूवान

काठमाडौं, मङ्सिर २८- सरकारले द्वन्द्वकालमा विभिन्न कारणबाट जागिर छोड्न बाध्य भएका शिक्षकहरुको समस्या समाधान गर्न पुनरावेदन अदालत पाटनका पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्धकालमा सेवाबाट वञ्चित भएका शिक्षकहरुको समस्या समाधान गरी उनीहरुलाई राहत दिनका लागि छानबिन आयोग...

थारूवान

काठमाडौं- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिले सहमतिका लागि दिएको पाँच दिनको समयमा सहमति नभए यही सरकारको नेतृत्वमा निर्वाचनमा जानुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल बिहीबार आयोजना गरेको साक्षात्कारमा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, संविधान सभाको निर्वाचनको मिति घोषणा, संविधानका सहमति भएका विषयलाई समेटेर संविधानको प्रारम्भिक खाका तयार...

थारूवान