देश

मोर्चाले फेरि भन्यो- भट्टराईकै नेतृत्वमा सहमतीय सरकार

ललितपुर- संयुक्त मधेसी मोर्चाले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्णय गरेको छ। सानेपास्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को कार्यालयमा आज बसेको मोर्चाको बैठकले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सहमतीय सरकारका लागि पहल गर्ने र त्यो मान्य नठहरिए अन्य विकल्पमा जाने निर्णय गरेको छ।

थारूवान

काठमाडौं- निर्वाचन आयोगमा नयाँ दशवटा राजनीतिक दल दर्ता भएका छन्। आयोगका अनुसार यसरी दर्ता गरिएका नयाँ दलहरूमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी छन्। त्यसैगरी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी...

थारूवान

उदयपुर- नेकपा-माओबादीका उपाध्यक्ष सीपी गजुरेलले भैँसी चराउने राष्ट्रपतिले देशलाई निकास दिन नसक्ने बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ उदयपुरद्वारा शुक्रबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा गजुरेलले निकासका लागि पटकपटक म्याद थप्ने राष्ट्रपतिबाट समस्या समाधान हुने कुनै छाँट नदेखेको बताए।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका नेता रामशरण महतले एमाओवादी पार्टी विरोधाभासको पोको मात्र भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आज भएको साक्षात्कार कार्यक्रममा महतले राष्ट्रिय सहमतिका लागि पटकपटक म्याद थप्ने काम रोकेर राष्ट्रपतिले संविधानको धारा ३८ उपधारा २ को भावनालाई समातेर विघटित संविधानसभामा सहभागी दलहरूको बहुमतका आधारमा राष्ट्रिय सहमतिको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विचार...

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आफू राष्ट्रिय सहमतिको बाधक भएको भनेर गरिएको प्रचार सोह्रैआना गलत भएको बताएका छन्। प्रम निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफू बाधक नभएको दोहोर्‍याए। विघटित संविधान सभाले निर्वाचित गरेको वैधानिक सरकारको नेतृत्व आफैंले गरिआएको बताउँदै प्रधानमन्त्रीले वैधानिकतालाई नै सङ्कटमा पारेर नजाउँ...

थारूवान

काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीका पाँच वरिष्ठ प्रहरी उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले बढुवा भएका नायब महानिरीक्षकहरू श्यामबहादुर थापालाई राष्ट्रिय सुरक्षा निर्देशनालय, जयबहादुर चन्द सुरक्षा सेवा निर्देशनालय, नवराज सिलवाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, बमबहादुर भण्डारी सशस्त्र प्रहरी निर्देशनालय र प्रकाश अर्याललाई अपराध अनुसन्धान ब्युरोमा...

थारूवान

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले काँग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने पक्कापक्की भएको बताएका छन्। नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलको स्मृति दिवसको सन्दर्भमा आज नारायणगढमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, “टुङ्गोमा पुग्न सानातिना विषय बाँकी रहेका छन्, बढीमा तीन दिनभित्रमा दलहरू सहमतिको सरकार...

थारूवान

काठमाडौं- राजनीतिक सहमति जुटाउने विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ। एमाओवादीका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा आज साँझसम्म राजनीतिक दलहरुबीच सहमति जुटाउने विषयमा कुराकानी भएको बताइएको छ।

थारूवान

काठमाडौं- एमाओवादीका अयोग्य पूर्व लडाकुहरूको संस्था बहिर्गमित जनमुक्ति सेना नेपालले विभिन्न १२ सूत्रीय माग राख्दै एमाओवादीको कार्यालय पेरिसडाँडामा धर्ना जारी राखेको छ। गत मङ्सिर १३ गते सुरु भएको धर्नामा आर्थिक अवस्था कमजोर हुँदै गएका गत केही दिनदेखि एक छाकमात्र खाएर धर्ना दिनुपर्ने बाध्यता आएको सङ्घर्ष समितिका संयोजक लेलिन विष्टले...

थारूवान

कैलाली- राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको अन्तिम समयसीमाभित्र राष्ट्रिय सरकार बन्ने सम्भावना रहेको बताएका छन्। उनले राष्ट्रपतिले दिएको अन्तिम समयसीमामा एमाओवादी लचिलो बन्दै गएकाले राष्ट्रिय सरकार गठनको सम्भावना बढेको बताए।

थारूवान