देश

महाधिवेशनले क्रान्तीको ठोस खाका ल्याउँछ : वैद्य

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले महाधिवेशनपछि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ठोस खाकासहित आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन्। उनले एमाओवादी नेताहरुले जनयुद्धको भावना विपरीत पार्टीलाई संसदवादको आहालमा डुबाएको आरोप लगाए। माओवादीको प्रचार राज्य समिति, बुद्धिजीवी राज्य समिति र सांस्कृतिक राज्य समितिको अधिवेशनलाई आज पार्टी कार्यालय बुद्धनगरमा सम्बोधन गर्दै अध्यक्ष...

थारूवान

भद्रपुर- नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाको दिल्लीस्थित मेदान्त अस्पतालमा आज मध्याह्नदेखि मस्तिष्कको दोस्रोपटक शल्यक्रिया भइरहेको छ। उक्त अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै बास्तोलाका भतिजा तारा बास्तोलाले मस्तिष्कमा जमेको पानी बाहिर निकाल्न शल्यक्रिया थालिएको बताए। 

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्ला दिनमा महिला हिंसाको घटना बढेको भन्दै दोषीहरूमाथि तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा महिला हिंसाविरोधी सेलको बैठकमा सुरक्षा निकायका प्रमुखलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्रीले महिला हिंसाका सम्बन्धमा आएका उजुरी तथा जाहेरीलाई केलाएर तत्काल कारबाहीमा लग्न निर्देशन दिएका...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि थप पाँच दिनको म्याद थप गरेका छन्। आज बिहान प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसँगको भेटमा उनीहरुले थप पाँच दिनको समय मागेपछि राष्ट्रपतिले म्याद थप गरेका हुन्।

थारूवान

काठमाडौं- सत्तारुढ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले विघटित संविधानसभाबाट निर्वाचित भएको र संविधानअनुसार वैधानिक रहेको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्नुपर्ने निर्णय गरेको हो। 

थारूवान

काठमाडौं- सरकारले गाविस अनुदान खर्चबाट मिलाउने गरी गाविस सचिवलाई प्रोत्साहन भत्तास्वरुप थप मासिक रु एक हजार ५ सय दिने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकले सञ्चार मन्त्रीको प्रेस सल्लाहकारमा भक्तपुरका शिव अधिकारीलाई नियुक्त गर्ने, नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्षमा चार वर्षका लागि नेपालगन्जका सीताराम अग्रवाललाई...

थारूवान

नारायण न्यौपाने- राजनीतिक दलको गठन तथा दर्ता, समावेशी संरचना, आन्तरिक प्रजातन्त्र, संस्थागत विकास, पारदर्शी, जिम्मेवार र काम कारबाही उत्तरदायी बनाउन निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्न मस्यौदा तयार पारेको छ। विगतमा दलहरू विभाजन हुने क्रमले ज्यादै तीव्रता पाउनुका साथै त्यसका कारण आमजनतामा दलहरूलाई हेर्ने दृष्टिकोणमा नकारात्मक भाव उत्पन्न हुँदै...

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रतिपक्षी दलहरूले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। उनले भने, “डा भट्टराईलाई प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बनाएका हुन र? उहाँहरूले माग्दैमा राजीनामा दिने?” आज यहाँ रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सल्लाहकार पौडेलले तत्कालीन व्यवस्थापिका संसद्को बहुमतबाट डा भट्टराई प्रधानमन्त्री निर्वाचित हुनुभएको चर्चा...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि यही पुस १४ गते शनिबारका दिनसम्म समय थप गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार राजनीतिक दलहरुले सहमतिका लागि थप भएको समयलाई निरन्तरता दिँदै अझै थप समय माग गरेको हुँदा मागबमोजिम समय थप गरिएको हो।

थारूवान

गोरखा- नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले नक्कली आँसु झारेर प्रधानमन्त्रीको पदमा बसिराख्नु उचित नभएको बताएका छन्। प्रेस चौतारी गोरखाले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मधेसी मोर्चा र प्रधानमन्त्रीबीचको गठबन्धन भ्रष्टाचारका लागि मात्र भएको बताए।

थारूवान