देश

‘वर्तमान सरकार रहुन्जेल चुनाव र सहमति दुबै हुँदैन’

काठमाडौं- नेपाली कांग्रेस र उपेन्द्र यादव संयोजक रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा नेपालबीच राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचन, सङ्घर्ष र सहकार्यका विषयमा सहमति जुटाएर अघि बढ्नेबारे छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको सो छलफलमा वर्तमान सरकारको बहिर्गमन गरी राष्ट्रिय चरित्रको सरकार बनाएर निर्वाचनमा जाने...

थारूवान

गुल्मी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले आर्थिक अपराधको अभियोग लगाएर प्रधानमन्त्रीलाई हटाउने बाटो खुलेकाले त्यसलाई सदुपयोग गर्न राष्ट्रपतिलाई सुझाव दिएका छन्। सरकारले माथिल्लो त्रिशुलीको क्षमता बढाउने नाममा अर्बौंको आर्थिक अपराध गरेकाले यही अभियोगमा प्रधानमन्त्रीलाई हटाउन राष्ट्रपतिलाई सुझाव दिए। 

थारूवान

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले माघ महिना नसकिँदासम्म दलहरुबीच कुनै सहमति हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीको महाधिवेशनअघि पद छाड्न सक्ने सम्भावना क्षीण भइरहेकाले राष्ट्रिय सहमतीय सरकारका लागि कुनै सहमति हुन नसक्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे।

थारूवान

इटहरी- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले महिलामाथि भएका अपराधमा संलग्न जो कोही भए पनि त्यस्तालाई नेपालको प्रचलित कानुनअनुसार कडा सजाय दिन सरकार तयार रहेको बताएका छन्। मधेसी कारखाना श्रमिक फोरम लोकतान्त्रिक सङ्घले सुनसरीको दुहवीमा आयोजना गरेको दुई दिने तालिमको समापनका अवसरमा मन्त्री गच्छदारले माहिलाविरुद्ध पछिल्लो समयमा ज्यादै संवेदनशील र...

थारूवान

पोखरा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपति रामवरण यादवले देशलाई अब नयाँ प्रधानमन्त्री दिएर निकास दिनुपर्ने बेला आएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको आज बिहान पोखरामा उद्‍घाटन गर्दै उनले संसदीय प्रणालीको मान्यताअनुरुप राष्ट्रपतिले निर्णय गर्नुभयो भने कसैले पनि बोल्ने ठाउँ रहँदैन भने। 

थारूवान

काठमाडौं- नेकपा (एमाले) को आज सम्पन्न स्थायी समितिको बैठकले प्रमुख राजनीतिक दलकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार बन्नुपर्ने र प्रधानमन्त्रीमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गर्ने पार्टीको पूर्वनिर्णयलाई कार्यान्वयन गर्न सक्रियतापूर्वक पहलकदमी लिने निर्णय गरेको छ।

थारूवान

काठमाडौं- नेपाल सरकारले नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयमा विरोधपत्र पठाएको छ। अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्तविपरीत बिनाआधार नेपाल सरकारलाई सूचनासम्म नदिई महासेनानी लामालाई पक्राउ गरेकामा सरकारले बेलायत सरकारलाई विरोधपत्र (प्रोटेस्ट नोट) पठाएको छ। 

थारूवान

काठमाडौं- प्रतिपक्षी दलका नेताहरुले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु भनेको राजनीतिमा बेइमानी सिवाय अरु केही नहुने तर्क प्रस्तुत गरेका छन्। उनीहरुले एमाओवादी, वर्तमान सरकार र मधेसी मोर्चाले नै निषेधको राजनीति सुरु गरेको आरोप लगाउँदै सन्तुलनका आधारमा राजनीतिको निकास खोजिनुपर्ने बताएका छन्। 

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले पुरानो सामन्ती सामाजिक संरचना नहटिसकेका कारण मुलुकमा सङ्क्रमणकाल लम्बिएको बताएका छन्। ललितपुरको धापाखेलमा निर्माण गरिएको सुमेरु सामुदायिक अस्पताल प्रालिको आज उद्‍घाटन गर्दै उनले पुरानो राज्यसत्ता फ्याँकेर नयाँ राज्यसत्ता निर्माणका लागि ठूलै शल्यक्रिया गर्नुपर्ने भएकाले सङ्क्रमणकाल लम्बिएको भन्दै यसमा कुनै व्यक्ति वा पार्टीको दोष नभएको उल्लेख...

थारूवान

वीरगन्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको संवैधानिक र राजनीतिक सङ्कटको निकासका लागि नयाँ संविधानसभा निर्वाचनको विकल्प नभएको बताएका छन्। नेपाली जनताको चाहनाअनुरूप सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि संविधान सभाको निर्वाचनमा जानुको विकल्प छैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचनका लागि राजनीतिक सहमतिको सरकार...

थारूवान