देश

सहमतिमा आउन विपक्षीलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं- सरकार समर्थक २१ दलको ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले सहमति आएर निर्वाचनमा जान विपक्षीलाई आग्रह गरेको छ। सहिदमञ्चमा बृहत् जनजागरणसभा गरी गठबन्धनले यही सरकारमा सहभागी भएर चुनावमा जान पनि विपक्षीलाई अनुरोध गरेको छ। सभालाई सम्बोधन गर्दै गठबन्धनका अध्यक्ष एवम् एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा आउन ढिला गरे जनताले...

थारूवान

काठमाडौं- नेकपा–माओवादी सङ्घीय गणतान्त्रिक संविधान निर्माणको सुनिश्चितता, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा तथा वर्तमान सरकारको विस्थापन गरी राष्ट्रिय संयुक्त सरकारको गठन गर्न दबाव सिर्जना गर्न जनआन्दोलनमा जाने भएको छ। पार्टीको सातौं महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले चार दलका शीर्ष नेताहरूले राजनीतिक सङ्कट समाधान गर्न नसकेको भन्दै वर्तमान सरकारले गरेका असमान...

थारूवान

प्रकाश तिमल्सिना, काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो पार्टीले प्रतिबद्धता गरेअनुसार १० हजार सर्वसाधारण सभामा ल्याउन नसक्ने जानकारी दिएका छन्। सत्तापक्ष संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको नाममा बुधबार हुने आमसभामा गच्छदारले १० हजार सर्वसाधारण ल्याउन नसक्ने भन्दै पन्छिएको सहभागी स्रोतले बतायो।

थारूवान

ललितपुर- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकाध मान्छेले ढुङ्गा हानेकै भरमा जनताले चाहेको परिवर्तन नरोकिने बताएका छन्। उनले ढुङ्गा हानेकै भरमा एमाओवादीले समेत सरकार नछाड्ने बताए। ललितपुरको मङ्गलबजारमा एमाओवादी ललितपुरको सातौं जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले आफ्नो पार्टीको महाधिवेशन भाँड्न विपक्षी दलले एक दर्जनको हाराहारीमा मान्छे पठाएर फासीवादी चरित्र प्रदर्शन...

थारूवान

वीरगञ्ज- एमाओवादीको पर्सा जिल्ला सम्मेलनमा प्रतिनिधि छनौटको विषयलाई लिएर विवाद हुँदा ११ कुर्सी भाँचिएका छन्। वीरगञ्जस्थित नगरसभागृहको मञ्चबाट संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिमा छनौट हुनेको नाम भने लगत्तै त्यसमा असन्तुष्ट पक्षले मञ्चमा चढेर कुर्सी भाँच्दै तोडफोडमा उत्रिएका छन्। जिल्ला इन्चार्ज छत्रबहादुर श्रेष्ठ अनिलले आफ्ना आसेपासेलाई प्रतिनिधमा छनौट गरी त्यागी नेतालाई पछि...

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले स्वास्थ्य सेवा र शिक्षाजस्तो मानिसको आधारभूत अधिकारको दायित्व राज्यले लिनुपर्ने भए पनि स्रोत साधनको अभावको कारण त्यसो गर्न नसकिएको बताउनुभएको छ। स्वास्थ्य सेवा नागरिकका सबैभन्दा ठूलो अधिकार हो र यसलाई प्रत्येक मान्छेले निःशुल्क तथा अनिवार्यरुपमा प्राप्त गर्नुपर्ने भए पनि दुर्भाग्यवश यो सेवामा पनि धनी र...

थारूवान

विराटनगर- सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राजनीतिक दलहरुको स्वार्थका कारण मुलुकले वर्तमान सङ्कटबाट निकास पाउन नसकेको तथा संविधानसभा निर्वाचन गराउनसमेत समस्या भएको बताएका छन्। मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले मुलुकलाई निकास दिन र नयाँ संविधान निर्माण गर्न संविधान सभा निर्वाचनको विकल्प...

थारूवान

बागलुङ- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको नयाँ निर्वाचन गर्न काँग्रेस तयार रहेको बताएका छन्। एमाओवादीले निर्वाचनको सुनिश्चितता भए सत्ता त्याग गर्ने बताइरहेका बेला पौडेलको यस्तो भनाइ बाहिर आएको हो। प्रेस युनियन बागलुङले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा श्री पौडेलले जेठभित्रै संविधानसभा निर्वाचन गर्ने सुनिश्चिततासहित सरकारको नेतृत्व गर्न आफूहरु...

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान र विस्तृत शान्तिसम्झौताको व्यवस्थाबमोजिम व्यक्त धारणालाई लिएर परेको अदालतको आदेशको अपहेलनासम्बन्धी रिट जारी हुन सक्ने आधार र कारण नभएकाले खारेज गर्न माग गरेका छन्। सर्वोच्च अदालतमा आज आफैँ उपस्थित भएर लिखित जवाफ बुझाउनुभएका प्रधानमन्त्री डा भट्टराईले अन्तर्राष्ट्रिय मान्यता र द्वन्द्वकालिन घटनाको विशिष्ट प्रकृति तथा...

थारूवान

इटहरी- एमाओवादीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि सुनसरीको इटहरीमा आयोजित गोप्य जिल्ला भेलामा आपसमै कुर्सी हानाहान भएको छ। दुई दिनसम्म अति गोप्य ढङ्गले भएको जिल्ला भेलाको दोस्रो दिन प्रतिनिधि छनौटका क्रममा आपसमा हात हालाहालको स्थिति पैदा भएपछि प्रहरी नै बोलाउनु परेको थियो।

थारूवान